नेपाल भ्रमण वर्ष सचिवालयले संसारकै अग्लो स्थान गोक्योे तालमा स्केटिङ खेल गर्दै

  २०७६ माघ २३ गते १८:१३     विकासन्युज

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० सचिवमलयले संसारकै अग्लो हिमाल सगरमाथाको गोक्यो तालमा स्केटिङ खेलको आयोजना गर्ने भएको छ । सभिवालयले बिहिबार पत्रकार सम्मेलन गर्दै १४ फेब्रअरी अर्थात फागुन २ गते पत्रकारस सम्मेलन गर्दै स्केटिङ खेलको आयोजना गर्ने बताएको हो ।

खेल खेल्नका लागि अमेरिका, क्यानडा, रसिया र भारतबाट खेलाडि आइसकेका छन् । नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने घोषणा अनुसार पर्यटकहरु आकर्षित गर्नका लागि विभिन्न कार्यक्रम आयोजना गरिरहेके सचिवालयले जनाएको छ ।

नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यले २० लाख पर्यटक भित्र्याउने लक्ष्य अनुसार पर्यटकका लागि नयाँ उत्पादन उपलब्ध गराउने र नयाँ पर्यटकीय गन्तव्य स्थापित गर्ने उद्देश्यले उच्च हिमाली भेगमा नयाँ खेल गर्न लागिएकाे बताए । उनले सगरमाथा क्षेत्रको गोक्यो तालमा मैत्रीपूर्ण आइस हक्की र आइस स्केटिङ प्रतियोगिता आयोजना हुने बताए ।

हिमाली क्षेत्रमा धेरै खर्च गरेर जाने पर्यटकलाई आकर्षित गर्न र अफ सिजनमा समेत नेपालमा पर्यटकहरुलाई भित्र्याउनका लागि यो खेल महत्वपूर्ण हुने विश्वास गरिएको छ। विश्वभरी खुला तालमा हुने यस्ता प्रतियोगिताहरु प्रसिद्ध भइरहेका बेला नेपालको हिमाली क्षेत्रमा रहेको ठूलो संभावनालाई नेपाल भ्रमण वर्षले एउटा नयाँ उत्पादनका रुपमा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउने लक्ष्य अनसार यो खेल आयोजना गरेको हो। ।

गोक्यो ताल सोलखम्ब जिल्लाको ४ हजार ७ सय ९० मिटर उचाईमा अवस्थित छ । यो प्रतियोगिता संसारकै अग्लो स्थानमा आयोजना हुने पहिलो आइस हक्की र आइस स्केटिङ प्रतियोगिता पनि हो।

रामसार क्षेत्रमा सूचीकृत गोक्यो क्षेत्र हिमताल र मनमोहक हिमाली दृश्यका लागि आकर्षक मानिन्छ । यस ठाउँमा स्वदेशी तथा विदेशी पर्यटकको मुख्य रोजाइको क्षेत्र पनि हो। सगरमाथा राष्ट्रिय निकुन्ज भित्र रहेको यो तालमा पानी जमेर अहिले आइस हक्की र आइस स्केटिङ प्रतियोगिताका लागि उपयुक्त स्थानका रुपमा रुपान्तरण भएको छ ।

यो खेल हुनुपूर्व अमेरिकी विशेषज्ञहरुले तीन सातासम्म स्थलगत अध्ययन गरी सो क्षेत्र खेलका उपयुक्त भएको निश्कर्ष निकालिएको हो । गोक्यो क्षेत्रमा ६ वटा मुख्य तालहरू रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.