काठमाडौं-पोखरा नियमित उडान गर्दै श्री एयरलाइन्स, माघ २४ गतेबाट संचालन हुने

  २०७६ माघ २० गते २०:१६     विकासन्युज

काठमाडौं । श्री एयरलाइन्सले काठमाडौंबाट पोखरामा नियमित उडानहरु संचालन गर्ने भएको छ । कम्पनीले भ्रमण वर्ष २०२० लाई लक्षित गरि विदेशीलाई थप राम्रो, उत्कृष्ट र सुरक्षित सेवा पुर्याउने उद्देश्यले उक्त सेवाको शुरु गर्न लागेको हो ।

उक्त सेवा माघ २४ गतेबाट संचालन गरिने कम्पनीले जनाएको छ । कम्पनीले हालै जनकपुरमा नियमित उडान शुरु गरेको छ ।

क्यानाडाको बोमबारडिएरबाट निर्माण गरिएको ड्यास ८ क्विु४०० (९एन-एएनई/९एन-एएनएफ) विमानहरुबाट पोखरा, जनकपुर, सिमरा लगायत विमानस्थलमा लक्षित गरी जनकपुरमा नियमित उडान शुरु गरिएको कम्पनीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.