एनसेल साढे ३१ अर्ब नोक्सानीमा, सरकारलाई पनि अर्बाै‌ कर नाेक्सान

  २०७६ माघ २० गते १२:१४     राजाराम न्यौपाने

काठमाडौं । दूरसंचार सेवा प्रदायक कम्पनी एनसेल नोक्सानीमा गएको छ । एनसेलले गत आर्थिक वर्ष २०७५/७६ मा ३१ अर्ब ५१ करोड ९४ लाख ३ हजार ३ सय ८२ रुपैयाँ खुद नोक्सानी भएको वित्तीय विवरण कर कार्यालयमा बुझाएको छ ।

एनसेलको कूल आम्दानी पनि घटेको छ । गत वर्ष एनसेलले ५५ अर्ब २८ करोड ३९ लाख ३३ हजार ९६ रुपैयाँ कूल आम्दानी गरेको छ । अघिल्लो वर्ष  २०७४/७५ एनसेलको कूल आम्दानी ५९ अर्ब ६९ करोड २६ लाख ९१ हजार ९ सय १७ रुपैयाँ थियो ।

कम्पनीको प्रत्येक्ष खर्च पनि घटेको छ । ठूला करदाता कार्यालय स्रोतका अनुसार गत आर्थिक वर्ष एनसेलले १३ अर्ब ५४ करोड ५१ लाख ८७ हजार ४ सय १७ रुपैयाँ प्रत्येक्ष खर्च गरेको छ । अघिल्लो वर्ष कम्पनीले १३ अर्ब ७६ करोड ४८ लाख ३२ हजार २३ रुपैयाँ प्रत्येक्ष खर्च गरेको थियो ।

कम्पनीको कर तिर्नुअघिको संचालन नाफा करिब ५ अर्ब रुपैयाँले घटेको छ । गत आर्थिक वर्षमा एनसेलले कर तिर्नुअघि २० अर्ब ३५ करोड ७ लाख ९३ हजार २ सय २१ रुपैयाँ संचालन नाफा गरेको छ । अघिल्लो वर्ष एनसेलको कर तिर्नुअघिको संचालन नाफा २५ अर्ब १९ करोड ६७ लाख ५२ हजार ५ सय ३७ रुपैयाँ थियो ।

गत वर्ष कर तिरेपछिको एनसेलको नाफा १९ अर्ब ९९ करोड ५२ लाख २१ हजार ९ सय ७६ रुपैयाँ छ । अघिल्लो वर्ष यस्तो नाफा २४ अर्ब ६३ करोड २२ लाख ६६ हजार ४ सय २८ रुपैयाँ थियो ।

आर्थिक वर्ष २०७५/७६ काे नियमित काराेबारबाट करपछिकाे नाफा नाफा १९ अर्ब ९९ करोड ५२ लाख २१ हजार ९ सय ७६ रुपैयाँ भएपनि पुरानाे कर दाहित्वमा तानिएपछि एनसेल ३१ अर्ब ५१ करोड नाेक्सानमा गएकाे हाे । पुरानाे कर दाहित्वबाफत गत आर्थिक बर्ष ५१ अर्ब रुपैयाँभन्दा बढी आयकर तिर्नु परेका कारण कम्पनी नोक्सानीमा देखिएको हो ।

कम्पनीले गत आर्थिक वर्ष नेपाल सरकारलाई ५१ अर्ब ५१ करोड ४६ लाख २५ हजार ३ सय ५८ रुपैयाँ कर तिरेको छ । अघिल्लो आर्थिक वर्ष कम्पनी ६ अर्ब ६० करोड ९ लाख ८९ हजार ७ सय ४५ रुपैयाँ कर तिरेको थियो ।

पुरानाे कर दाहित्व नाफाबाट तिर्ने एनसेलकाे नीतिले सरकारलाई पनि अर्बाै नाेक्सान हुने करका जानकारहरू बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.