फागुन १४ को स्ववियू निर्वाचनको बाजी कस्ले मार्ला ?

  २०७६ माघ १९ गते १५:५१     विकासन्युज

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते स्ववियू निर्वाचनको मिति तोकेको छ । स्ववियू निर्वाचनलाई लिएर यतिबेला विद्यार्थी नेताहरु चुनावी तयारीमा छन् । भविष्यमा नेता जन्माउने क्याम्पसहरुमा आगामी स्ववियू सभापति को ? भन्ने जिज्ञासा सबैतिर छ ।

विद्यार्थीका हक अधिकार र शैक्षिक आन्दोलनलाई सकारात्मक दिशा दिन सक्ने नेतृत्व अबको स्ववियू निर्वाचनले जन्माउन सक्छ की सक्दैन भन्ने प्रश्न पनि एकातिर उब्जिएको छ । खासगरी अबको स्ववियु निर्वाचन अलि रोचक पनि बन्नेछ । दुई ठूला कम्युनिष्ट तत्कालिन माओवादी केन्द्र र एमाले एक ठाँउमा उभिएपछि यी दुई पार्टीको बिद्यार्थी संगठन एक भईसकेका छन् । यसकारण पनि आगामी निर्वाचनको दृष्य फरक देखिन्छ । मुलुकमा प्रभावशाली नेतृत्व जन्माउने रत्नराज्य क्याम्पस, पृथ्वीनारायण क्याम्पस, कोटेश्वर क्याम्पस र ल क्याम्पसमा आगामी सभापति को भन्ने चर्चा शुरु भएको छ । अझ त्यसमा पनि नेकपा निकट उम्मेद्वार को आउछ भन्ने प्रश्न सबैतिर छ । किनकी दुईपार्टी एक भएपछि नेकपा निकट विद्यार्थी संगठनले नै अबको धेरै क्याम्पसमा नेतृत्व कब्जा गर्छ भन्ने सबैको आँकलन रहेको छ ।

सँगम देवकोटाले आरआर क्याम्पसमा १२ वर्षसम्मको लामो संघर्ष गरेका छन् । उनले कलेजमा हुने गरेको भ्रष्टचारकाे अन्त्य र विद्यार्थीहरुको हकहितको निम्ति सधै आवाज उठाउँदै आएका छन् । सबैको नजरमा लामो समयदेखि आरआर क्याम्पसमा विद्यार्थी राजनीतिमा सक्रिय र अध्ययनरत हुन पूर्व एमाले निकट अखिलका सचिव हुन् देवकोटा । उमेरले २६ टेकेका देवकोटा रत्नराज्य क्याम्पसमा सबैको नजरमा पर्छन् । विद्यार्थीहरुको समस्यालाई आफ्नो समस्या ठानेर काम गर्ने स्वभाव भएका देवकाेटामा आगामी स्ववियूका सभापति बन्ने पक्का रहेको देख्न र सुन्न सकिन्छ ।

विकासन्युजसँग कुरा गर्दै देवकोटाले आफु रत्नराज्य क्याम्पसको सभापति हुन सबै किसिमले योग्य रहेको बताए । उनले भने- ‘म उमेरले २६ बर्ष भएँ, अझै यही पढिरहेको नियमित विद्यार्थी पनि हुँ । यस क्याम्पसमा आएदेखी नै विद्यार्थीको हकहितको लागी काम गरिरहेको छु । त्यही कारण मैले स्ववियूको कोषाध्यक्ष भएर काम गर्ने अवसर पनि पाँए ।’

उनी एमाले निकट अनेरास्ववियूको निर्वतमान सचिव समेत हुन् । उनले दुई विषयमा स्नात्तकोतर समेत गरिसकेका छन् । देवकोटा अहिले पनि अध्ययनरत छन् । अबको निर्वाचनमा सभापतिको उम्मेद्धार बन्ने कसरतमा देवकोटा लागेका छन् । पूर्व एमालेबाट टिकट पाउँदा देवकोटा सबैभन्दा बलियो उम्मेद्वार हुन् ।

यता दुई पार्टी एक भएपछि पूर्वमाओवादी केन्द्र निकट नेता देवेन्द्र शर्मा आगामी सभापतिको उम्मेद्धार बन्ने सम्भावना पनि रहेको छ । पूर्वमाओवादीको भागमा रत्नराज्य क्याम्पस परेको खण्डमा शर्माले टिकट पाउने एक स्रोतले बताएकाे छ ।

पृथ्वीनारायण क्याम्पसका सन्तोष न्यौपाने भन्छन्- संगठनमा सक्षम र युवा नेतृत्व आउनुपर्छ उपत्यका बाहिर सबैभन्दा धेरै नेता जन्माउने क्याम्पसको रुपमा पृथ्वीनारायण क्याम्पसलाई लिईन्छ । पृथ्वीनारायण क्याम्पसमा पनि आगामी सभापतिको बलियो दावेदार स्नात्तकोतर अध्ययनरत सन्तोष न्यौपाने हुन् । उमेरले उनी पनि २५ वर्षका भए । पृथ्वीनारायण क्याम्पसमा उनी पनि अनेरास्ववियूका निर्वतमान सचिव हुन् । उनी भन्छन्- ‘संगठनले मलाई विश्वास गर्छ भन्ने मलाई लाग्छ, अहिलेको उमेरहदले पनि मलाई साथ दिन्छ । संगठनमा सक्षम र युवा नेतृत्व आउनुपर्छ, क्याम्पसमा टुरिष्ट उम्मेद्धार खडा पक्कै पनि संगठनले गर्दैन ।’

पृथ्वीनारायण क्याम्पसमा पूर्वमाओवादी केन्द्रबाट सभापति उम्मेद्वार भएको खण्डमा बसन्त भट्टचन पनि अर्का दावेदार हुन । उनी अखिल क्रान्तिकारीका निर्वतमान संयोजक पनि हुन् । न्यौपाने क्याम्पसको शैक्षिक गुणस्तर विकास गर्दै अघि बढ्नुपर्ने धारणा व्यक्त गर्छन् । पिएन क्याम्पसको शैक्षिक आन्दोलन र विद्यार्थी आन्दोलनमा उनको विगतदेखि नै सक्रिय भुमिका रहेको छ ।

कोटेश्वर क्याम्पसमा स्ववियू सभापतिको बलियो दावेदार हुन् विक्रम पोखरेल । कोटेश्वर क्याम्पस पनि विद्यार्थी राजनीतिको उर्वर शैक्षिक संस्था हो । आगामी फागुन १४ गते हुने स्ववियू निर्वाचनको चहलपहल यहाँपनि शुरु भएको छ । खासगरी शुरुदेखी नै यस क्याम्पसमा अनेरास्ववियू र नेपाल विद्यार्थी संगठनको कडा प्रतिस्पर्धा हुने गर्छ । कोटेश्वरमा यसपाली नेकपा निकट विद्यार्थी संगठन अखिलबाट स्ववियू सभापतिको बलियो दावेदार हुन विक्रम पोखरेल । उनी पनि उमेरले २६ टेके ।

क्याम्पसमा उनी नै अहिले सबैभन्दा चहलपहल गर्ने विद्यार्थी नेताको रुपमा रहेका छन् । विद्यार्थीको समस्याका बारेमा उनी अवगत छन् । नियमित क्याम्पस आउने उनी हाल क्याम्पसमा स्नातक दोस्रो वर्षमा अध्ययनरत छन् । पूर्वएमाले निकट अनेरास्ववियूमा उनी क्याम्पस सचिव थिए । उनी स्ववियूका सचिव समेत हुन् । अबको नेतृत्वमा पुग्ने बलियो दावेदारको रुपमा क्याम्पसका विद्यार्थीहरु पनि पोखरेलको नाम लिन्छन् । उनकै नेतृत्वमा क्याम्पसमा पठनपाठनको प्रशासनिक सुधार, ई-लाईब्रेरी, आईडीकार्ड गुणस्तर सुधार, अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई सक्रिय बनाउने अभियानमा उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । अखिल क्रान्तीकारीबाट अहिलेसम्म त्यस्तो बलियो दावेदार नभएकोले पनि उनलाई कोटेश्वरमा सभापतिको बलियो दावेदारको रुपमा हेरिन्छ ।

त्यस्तै, ल क्याम्पसमा स्ववियू सभापतिको बलियो दावेदार हुन् विशेष शर्मा सुवेदी । ल क्याम्पस पनि राजधानीको चर्को राजनीति हुने क्याम्पस हो । अखिलको क्याम्पस कमिटी सचिव भईसकेका २५ वर्षे सुवेदी यसभन्दा अगाडी त्रिविले स्ववियू निर्वाचनको मिति तोकेपछि सभापतिको उम्मेद्वार बन्ने पक्का भइसकेको थियो । तर अन्तिममा निर्वाचन नै स्थगित भयो । अनेरास्ववियूको राम्रो पकड रहेको यस क्याम्पसमा यसपाली पार्टी एकता पछि बनेको नेकपा निकट विद्यार्थी संगठन अखिल र अखिल क्रान्तिकारी एक भएर चुनावी मोर्चामा होमिदैछन् ।

पशुपति बहुमुखी क्याम्पसका एल के राई लामो समयदेखि विद्यार्थी राजनीतिमा लागेका विद्यार्थी नेता हुन् ।विद्यार्थी राजनीतिमा सक्रिय र अध्ययनरत पूर्व एमाले निकट अखिलका नेता राइ विद्यार्थीमाझ चिर परिचित छन् ।पशुपति बहुमुखी क्याम्पसमा एल.के. राई सभापतिको दौडमा छन् । उनी अनेरास्ववियूको क्याम्पस कमिटी सचिव पनि हुन् । व्यवस्थापन संकायमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् । उनी २५ वर्षका मात्रै भए । उनको स्थायी ठेगाना खोटाङ हो । उनी विद्यार्थीबीच लोकप्रिय नेता मानिन्छन् । पूर्वमाओवादी निकट तत्कालिन अखिल क्रान्तिकारीमा पनि सभापतिको विषयमा कसरी जाने भन्ने विषयमा छलफल भईरहेको स्रोतले बताएको छ । राईले व्यवस्थापन संकायमा एमबीएसमा उत्तीर्ण गरेका छन् भने राजनीति शास्त्रमा स्नातकोत्तर दोश्रो वर्ष अध्ययन गरिरहेका छन् । रुपक खड्का नेविसंघको विपक्षी उमेद्वार हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.