सिन्धु विकासको दशौं बार्षिक साधारण सभा, बनोस शेयर ११.५ प्रतिशत

  २०७६ माघ १८ गते १३:४८     विकासन्युज


काठमाडौं । सिन्धु विकास बैंकले दशौंं बार्षिक साधारण सभा सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ बाह्रबिसे, सिन्धुपाल्चोकमा समापन गरेको छ ।

उक्त साधारण सभाले खुद मुनाफाबाट ११.५१३९ प्रतिशत बोनस शेयर तथा ०.५७५६ प्रतिशत नगद लाभांस बितरण गर्ने प्रस्ताव पारित गरेको हाे।

साथै बैंकको सर्वसाधारण समुहको तर्फबाट रिक्त रहेको २ जना संचालकहरुमा संजिव प्रधान र हिरा के.सी. निर्बिरोध निर्वाचित भएका छन ।

बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले आगामी दिनमा प्रदेश नं. ३ को अग्रणी विकास बैंकको रुपमा सिन्धु विकास बैंकलाई लैजाने लक्ष्य लिएको जानकारी दिएको छ ।

बैंकले हाल सम्म सिन्धुपाल्चोक, काभ्रे, दोलखा, चितवन र मकवानपुर जिल्लामा समेत गरी कुल २२ शाखा र २ सिमिति बैकिङ्ग ईकाई गरी कुल २४ स्थानहरुबाट वित्तिय सेवा प्रदान गरिरहेको छ ।

वि.स २०७६ माघ १७ देखि संचालन भएको उक्त साधारण सभाले आर्थिक वर्ष ०७५/०७६ को बार्षिक प्रतिवेदन प्रतुत गरेको थियो । वि।सं२०६७ साल भाद्र २४ गते सिन्धुपाल्चोक जिल्लाको बाह्रविसेमा प्रधान कार्यालय बनेपामा कर्पोरेट राखी कारोवार संचालन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.