एसबिआई बैंकले ल्यायाे बचत तथा कर्जा सुविधा, ४ वटा जिल्लामा मात्रै पाइने

  २०७६ माघ १६ गते १८:३२     विकासन्युज

जनकपुर । नेपाल एसबिआई बैंकले प्रदेश नं २ का वैदेशिक रोजगारीमा जाने श्रमिक र तिनका परिवारलाई लक्षित गरी बचत तथा कर्जा सुविधा ल्याएको छ । उक्त सुविधा नेपाल एसबिआई बैंकका ४ शाखाः बर्दिबास, जनकपर, लाहान र मिर्चैयामा उपलब्ध हुने बैंकले जानकारी दिएकाे छ ।

१०० भन्दा बढी वैदेशिक रोजगारीमा जाने संभावित श्रमिकहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा प्रदेश नं २ का मुख्यमन्त्री मोहमद लालबाबु राउतले ग्राहकहरुलाई कर्जा स्वीकृती पत्र हस्तान्तरण गरेका हुन् ।

बैंकले प्रदेश २ सरकार र डिएफआइडि/यूकेएड सीपको सहकार्यमा प्रदेश नं २ का वैदेशिक रोजगारीमा जाने श्रमिक तथा तिनका परिवारलाई विभिन्न बैंकिङ सूविधा प्रदान गरिरहेको छ ।

बैंकले हाल ८८ शाखा, १९ विस्तारित काउन्टर, ८ कन्ट्रोलिङ अफिस, १ इनटच आउटलेट र १ कर्पोरेट अफिस तथा १२४ एटीएमबाट सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.