हिमालय एयरलाइन्सले राेक्याे चीनकाे उडान

  २०७६ माघ १६ गते १४:२९     विकासन्युज

काठमाडौं ।  हिमालय एयरलाइन्सले चीनका विभिन्न गन्तव्यका उडान स्थगन गरेको छ। चीनको वुहान सहरबाट फैलिएको कोरना भाइरसका कारण हिमालय एयरलाइन्सले चीनका विभिन्न गन्तव्यका उडान तत्कालका लागि स्थगन गरेको बताएकाे हाे ।

हिमालयले चीनका ३ सहरका उडान यसअघि नै उडान स्थगन गरिसकेको छ भने राजधानी बेइजिङको उडान ६ फेब्रुवरीदेखि स्थगन हुने छ।  एयरलाइन्सले अर्को सूचना प्रकाशित नभएसम्मका लागि भन्दै उडान स्थगन गरेको जानकारी दिएको छ।

चीनमा कोरना भाइरस फैलिएपछि विभिन्न देशका एयरलाइन्सहरुले उडान स्थगन गरिरहेका छन्। चीन सरकारले पनि समूहमा विदेश जान आफ्ना नागरिकलाई रोक लगाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.