ग्लोबल आईएमई बैंकको स्वतन्त्र सञ्चालकमा शाह नियुक्त

  २०७६ माघ १२ गते १३:३९     विकासन्युज

काठमाडौं । ग्लोबल आईएमई बैंकको स्वतन्त्र सञ्चालकमा देबेन्द्र प्रताप शाह नियुक्त भएका छन् । माघ १० गते बसेको बैंक सञ्चालक समितिको बैठकले शाहलाई उक्त पदमा नियुक्त गरेको हो ।

यससँगै नवनियुक्त स्वतन्त्र सञ्चालक शाहले एक कार्यकालसम्म आफ्नो जिम्मेवार सम्हाल्ने छन् । यसअघि शाहले ४ वर्षसम्म नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए । त्यसअघि उनले कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत भएर पनि काम गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.