नेपालमा पनि भेटियो कोरोना भाइरस, एक जना संक्रमित, ३ जना शंकामा

  २०७६ माघ १० गते १८:२६     विकासन्युज

काठमाडौं । चीनबाट फैलिएको अनुमान गरिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि भेटिएको छ । एक नेपालीमा कोरोना भाइरसको संक्रमण फेला परेको हो ।

यसअघि नेपालमा सो भाइरसको संक्रमण फेला परेको थिएन । चीनको हुवान प्रान्तबाट नेपाल आएका एक नेपाली नागरिकमा कोरोना भाइरसको संक्रमण फेला परेको स्वास्थ्य मन्त्रालयले जानकारी दियो ।

ती नेपाली ९ जनवरी (२४ पुस) मा चीनको हुवानबाट नेपाल आएका थिए । उनको उनमा कोरोनो भाइरस संक्रमणको लक्ष्यण देखापरेपछि स्वास्थ्य परीक्षण गरिएको थियो ।

उनको टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारपछि उनी डिस्चार्ज भइसकेका छन्। टेकूमा स्वास्थ्य परीक्षण गर्दा संक्रमण भएको शंका गरिएको थियो । यस्तो शंका लागेपछि महाशाखाले २३ जनवरी (९ माघमा) परीक्षणका लागि हङकङको ल्यावमा नमुना पठाइएको थियो । यसरी नमुना परीक्षण गर्दा उनमा कारोना भाइरसको संक्रमण पुष्टी भएको हो ।

अन्य ३ जना नेपालीमा पनि कोरोना भाइरसको संक्रमण भएको शंका गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

चिनियाँ भाइरस भनेर पनि चिनिने कोरोना भाइरसको संक्रमण चीन, कोरिया, जापानलगायत एसियाली देशमा फैलिएको छ । नेपालमा भने यो भाइरस पहिलो पटक देखिएको हो ।

सम्बन्धित सामग्री

चिनियाँ भाइरसको त्रासमा एसियाः एयरपोर्टमा हेल्थ डेस्क राखेर सतर्कता अपनाउँदै नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.