सेञ्चुरी बैंकद्वारा २५० थान टर्चलाइट हस्तान्तरण

  २०७६ माघ ९ गते १३:१०     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले श्री माधवनारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितिलाई श्रद्धालु भक्तजनहरुको रात्री यात्रालाई सहज बनाउन २ सय ५० थान टर्चलाइट हस्तान्तरण गरेको छ ।

बैकका बजार प्रबन्धक शेखर राज बस्ताकोटीले समितिका महासचिव एल.पि.श्रेष्ठलाई र्टचलाईट हस्तान्तरण गरेका हुन् । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य कार्यक्रमहरु पनि गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.