नेपाली सेनालाई वित्तीय साक्षरता सिकाउँदै मेगा बैंक

  २०७६ माघ ८ गते १२:३३     विकासन्युज

काठमाडौँ । मेगा बैंक नेपालले नेपाली सेनाका लागि सुर्खेतमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।  बैंकले सुर्खेतस्थित नेपाली सेनाको उत्तरपश्चिम तालिम शिक्षालय लेखपर्सामा एक दिवसीय वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।

कार्यक्रममा मेगा बैंक सुर्खेत शाखाका प्रबन्धक बिक्रम थापाले वित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमुलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्युनीकरणका साथै मेगा बैंकका बचत तथा कर्जा योजना, बैंकको नेटवर्क लगायतका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा नेपाली सेनाका प्रमुख सेनानी विशाल सिंहले सेनालाई वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम गरी बैंकिङ प्रक्रिया, सेवा, सुविधाका बारेमा जानकारी गराए । कार्यक्रममा नेपाली सेनाका बिभिन्न दर्जाका एक सय जनाको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.