धादिङमा यात्रु बोकेको मिनिट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु

  २०७६ माघ ७ गते १७:४१     विकासन्युज

 काठमाडाैं । धादिङमा यात्रु बोकेको मिनिट्रक दुर्घटना हुँदा ६ जनाकाे मृत्यु भएको छ ।

धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिकाको मण्डलीथान दर्शन गरेर फर्कंदै गरेका यात्रु बोकेको बा १ ख १२८० नम्बरको मिनिट्रक दुर्घटनामा परेको  धादिङका प्रहरी प्रमुख रविन्द्र रेग्मीले जानकारी दिए ।

उनले दुर्घटनाकाे कारण अहिलेसम्म थाहा नभएकाे बताए । ट्रकमा सवार अन्य २० जना भने घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.