नेपाली विद्यार्थीबारे इक्यानकाे चाँसो, अष्ट्रेलियन सरकार भन्छ– त्यस्ता समाचारको समर्थन गर्दैनाैं

  २०७६ माघ ७ गते १७:३९     विकासन्युज

काठमाडौं । केही समय अघि अष्ट्रेलियाका सञ्चारमाध्यममा नेपाली विद्यार्थीबारे प्रकाशित समाचारमा नेपाल शैक्षिक परामर्शसंघ (इक्यान)ले अष्ट्रेलियन सरकारी अधिकारीसँग चाँसो व्यक्त गरेको छ ।

गतशुक्रबार इक्यान अध्यक्ष प्रकाश पाण्डेको नेतृत्वमा नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर वड, अष्ट्रेलियन शिक्षा विभागका प्रथम सचिव ल्यान्डल कोर्वेट र अष्ट्रेलियन हाइकमिसनका नयाँदिल्लीका अधिकारी केइटलिन म्याकफेर्सनबीच भेट भएको थियो ।

जसमा इक्यान अध्यक्ष पाण्डेले अष्ट्रेलियाका सञ्चार माध्यममा प्रकाशित नेपाली विद्यार्थी गरिब भएको र अष्ट्रेलियामा उच्च शिक्षा आर्जन गर्न नसक्ने सम्बन्धि समाचारमा सरकारको आधिकारिक धारणा माग गरेका थिए ।

पाण्डेको जवाफदिँदै राजदूत वडले प्रकाशित समाचारमा उल्लेख भएको विषय सरकारको आधिकारिक धारणा नभएको भन्दै स्पष्ट पारेका थिए । राजदूत वड तथा अन्य अधिकारीहरुले अष्ट्रेलिया नेपाल र नेपाली विद्यार्थीको प्रशंसा गर्दै अष्ट्रेलियन सरकार सकारात्मक रहेको बताए ।

‘अष्ट्रेलियन सरकार त्यस्ता समाचारमा प्रकाशित विचारलाई समर्थन गर्दैन, नेपाली विद्यार्थीहरुबारे नजिकबाट अनुगमन गरिरहेका छौं,’ भेटमा अधिकारीहरुले बताएका थिए ।

अध्यक्ष पाण्डे नेपालीको प्रतिव्यक्ति आय विकसित देशको तुलनामा कमभए पनि सबै नेपाली गरिब नभएको बताउँदै आर्थिक रुपमा धेरै परिवार सक्षम रहेको बताए । जसले आफ्ना सन्तानका लागि अन्तर्राष्ट्रिय स्तरमा ख्याती प्राप्त विश्वविद्यालय वा कलेजमा पढाउन सक्छन् ।

‘पछिल्लो समय नेपालबाट गएका विद्यार्थीहरु जुनसुकै तहमा सक्षम रहेको उल्लेख गर्दै उनले आर्थिक, शैक्षिक र भाषागत रुपमा सक्षमताको प्रमाणपत्र बुझाएर मात्रै अष्ट्रेलिया गएका हुन्, त्यसैले कुनै तथ्य बिना त्यस्ता समाचार प्रकाशित हुनु गलत हो,’ उनले भने ।

उनले अष्ट्रेलियन सरकारले उपलब्ध गराएको शिक्षा अन्तर्राष्ट्रिय स्तरमा निकै राम्रो रहेको उल्लेख गर्दै नेपाली विद्यार्थीको लगानी र ज्यानको सुरक्षाका कारणले अष्ट्रेलिया गएको बताए ।

‘नेपालबाट अत्यन्तै थोरै मात्रामा विद्यार्थी अध्ययन गर्न जाने अष्ट्रेलियाका एएनयू र सिड्नी विश्वविद्यालयमा अध्यापन गराउने प्राध्यापकसँग नेपाली विद्यार्थीको सामिप्यता, सम्बन्ध र सम्पर्क निकै कम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.