हिमालयन बैंक र मलेसियाको म्याक्स मनिबीच विप्रेषण रकम भुक्तानी गर्ने सम्झौता

  २०७६ माघ ७ गते १७:२७     विकासन्युज

काठमाडौं । हिमालयन बैंक र विप्रेषणको कारोबार गर्दै आएको मलेसियन कम्पनी म्याक्स मनि एसडिएन विएचडि बीच विगतमा भएको विप्रेषणको भुक्तानी रकम राफसाफ गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापत्रमा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र म्याक्स मनिका प्रमुख कार्यकारी अधिकृत मो.अविद हमिदले क्वालालम्पुर मलेशियामा हस्ताक्षर गरेका हुन् । साथै दुबै संस्थाका प्रतिनिधिले मलेशियाबाट विप्रेषण सेवा पुनः सुचारु गर्ने नयाँ सम्झौतापत्रमा पनि हस्ताक्षर गरेका हुन् ।

हिमालयन बैंक र म्याक्स मनिले आउँदा दिनहरुमा पनि सम्झौतापत्रमा उल्लेखित प्रावधानहरुमा रहि अघि बढ्ने जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.