सिप्रदीले घोषणा गर्याे ‘टाटा दशैं वम्पर लक्की ड्र’ काे विजेता, ७६ जनाले पाए आकर्षक उपहारहरु

  २०७६ माघ ६ गते १९:०३     विकासन्युज

काठमाडौं । टाटा मोटर्स नेपालको लागि एक मात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ले दशैं वम्पर लक्की ड्रको उपहार घोषणा गरेको छ । कम्पनीले उक्त लक्की ड्रको घोषणा यहि माघ ३ गते काठमाडौंको हायात होटलमा विभिन्न मनोरञ्जनात्मक प्रस्तुति सहित उपहार वितरण कार्यक्रम गरी सम्पन्न गरेको हो ।

टाटा मोटर्सले दशैं, तिहार लक्षित गरेर आफ्ना ग्राहकहरुको लागि विभिन्न आकर्षक पुरस्कारहरु सहित उक्त योजना गरेको थियो ।

बुटवल, हेटौंडा, इटहरी, नेपालगञ्ज तथा पोखरामा लक्की ड्र को कार्यक्रम पुस २१ गते आयोजना गरिएको थियोे । उक्त लक्की ड्र मा देशैभरबाट कुल १७३२ जना ग्राहकहरुले सहभागिता जनाएका थिए । जसमध्ये ७६ जना भाग्यशाली विजेताहरुले विभिन्न उपहारहरु तथा विदेश भ्रमणको अवसर प्राप्त गरे ।

कुल विजेतामध्ये १३ जना ग्राहकहरुले एलजीको ३१० लिटर क्षमताको डबल डोर फ्रिज, १३ जनाले एलजीको ८ केजी क्षमताको वासिङ मेसिन, १३ जनाले सामसुङको नोट टेन, १५ जनाले दुबई टुर, १५ जनाले सोनीको ५५ ईन्च फोर के इन्टरनेट टिभी र ७ जोडीले क्रुजमा घुम्ने अवसर प्राप्त गरेका कम्पनीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.