प्रतिनिधिसभालाई गति दिन नेकपा अध्यक्षद्वयले गरे निर्णय, नयाँ सभामुखमा अग्नी सापकोटा

  २०७६ माघ ५ गते १४:४६     विकासन्युज

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको गतिरोध सकिने भएको छ । नयाँ सभामुख चयनमा सत्तारुढ नेकपाभित्र देखिएको विवाद समाधान भएसँगै गतिरोध सकिने भएको हो ।

नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच नयाँ सभामुख चयनमा सहमति जुटेको छ । अब प्रतिनिधिसभाको सभामुख अग्नी सापकोटा बन्ने भएका छन् ।

प्रतिनिधिसभामा सत्तारुढ नेकपाको स्पष्ट बहुमत छ । सोही कारण नेकपा उम्मेदवार सापकोटा विजयी हुने करिब पक्का छ । संसद सचिवालयकी एक महिला कर्मचारीमाथि यौन हिंसाको आरोप लागेपछि तत्कालिन सभामुख कृष्णबहादुर महराले गत १४ असोजमा राजीनामा दिएका थिए । महराले राजीनामा दिएपछि सो पद रिक्त छ ।

सभामुखमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा नेकपा अध्यक्षहरुबीच सहमति हुन सकेको थिएन । अध्यक्ष तथा प्रधानमन्त्री ओली सकेसम्म नेकपा नेता तथा पूर्व सभामुख सुवास नेम्वाङलाई सभामुख बनाउने प्रयासमा थिए । तर, अर्का अध्यक्ष प्रचण्ड भने सो पद पूर्व माओबादीले पाउनु पर्ने दाबी गर्दै आएका थिए ।

नेम्वाङलाई सभामुख बनाउन नसकेको अवस्थामा उपसभामुख शिवमाया तुम्बाहम्फेलाई नै सभामुख बनाउने ओलीको योजना थियो । तर, पूर्वमाओवादीले ओलीको सो योजनाप्रति असहमति राखेपछि पूर्वमाओवादीकै तर्फबाट सापकोटाले बाजी मारेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.