खत्रक्पा र फुलुङगीको धार्मिक, साँस्कृतिक पर्यटकीय क्षेत्रको रुपमा विकास हुन्छ: मन्त्री नेम्बाङ

  २०७६ माघ २ गते १३:१४     विकासन्युज

इलाम । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्बाङले इलामको खत्रक्पा र फुलुङगी क्षेत्रलाई धार्मिक तथा साँस्कृतिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने वताएका छन् ।

बुधबार किरात माङहिम शिलान्यास तथा किरातीहरुको महान पर्व कक्फेवा तङनाम माघे संक्राती सत्यहाङमा शान्ति मकरमेला समापन समारोहलाई सम्बोधन गदैै उनले यस्तो वताएका हुन् ।

मन्त्री नेम्बाङले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द र वर्तमान गुरु आत्मनन्दले ज्ञान प्राप्त गरेका खत्रक्पा र फुलुङगी ऐतिहासिक भूमि रहेको वताए ।

‘यो ऐतिहासिक भूमि पवित्र छ । राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दले ज्ञान प्राप्त गर्नुभएको पवित्र भूमि यही हो । वर्तमान किरात धर्मगुरु आत्मानन्द लिङदेन ‘सेईङ’ले ज्ञान प्राप्त गर्नुभएको पवित्र भूमि पनि यही हो,’ मन्त्री नेम्वाङले भने ।

राष्ट्रिय विभूती महागुरु फाल्गुनन्द लिङ्देन र वर्तमान किरात धर्मगुरु लिङ्देन आत्मानन्द सेइङले कठोर तपस्या गरेर प्राप्त गरेका ज्ञान र शक्तिलाई विश्व मानवहितका लागि उपयोग गर्नु पर्ने उनको भनाइ छ ।

यस क्षेत्रको चौतर्फी विकासका लागि माङसेबुङदेखि फुलुङगी, खत्रक्पा, राँके हुँदै किरातीहरुको धार्मिक तिर्थस्थल फक्तालुङसम्म मोेटरबाटो निर्माणको कामसमेत अघि बढाइएकोे मन्त्री नेम्बाङले जानकारी दिए ।

कार्यक्रममा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन ‘सेईङ’ तथा गुरुआमा साँवा पवित्रहाङमा लिङदेन, पूर्व राज्यमन्त्री बेनुप प्रसाईं, प्रतिनिधिसभाका सांसद एलपी साँवा र स्थानीय तह प्रतिनिधिहरुको समेत उपस्थिति थियो ।

मन्त्री नेम्बाङले बुधबार नै माई खोलामा निर्माणका अन्तिम चरणमा रहेको ५ सय ७५ मिटर लामो पक्की पुलको समेत निरीक्षण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.