टाटा एच५ एसयूभीः सुरुवाती मूल्य साढे ५८ लाख, यस्ता विशेषताले बनायो चर्चित

  २०७६ पुष २७ गते १९:१३     विकासन्युज

काठमाडाैं । टाटा मोटर्सको नेपालका लागि आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले केहि महिना अघि नेपालमा लञ्च गरेको एच५ एसयूभी निकै नै चर्चामा रहेको छ । यसको सुरुवाती मूल्य नेपाली बजारमा ५८ लाख ५५ हजार रुपैयाँ तोकिएको छ । नेपालमा टाटा एच५ को एक्सइ, एक्सएम, एक्सटि र एक्सजेड गरी ४ अलग भेरियन्टहरु उपलब्ध रहेका छन् ।

ठुलो बनावट र ठुलै क्याविन रहेको यस एसयूभीको अफरोडिङ्ग क्षमता गज्जबको रहेको छ । यस कारको फिचरहरुको रुपमा जेनोन एचआईडी प्रोजेक्टर हेडल्याम्प्स, १७-इञ्च अलोए व्हिल्स लोगो प्रोजेक्सन सहितको आउटसाइड रियर भ्यू मिरर्स, एलईडी टेल लाइट्स, ८.८-इञ्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, ८-वे एडजस्टेवल ड्राइभर्स सिट, ७-इञ्च कलर टीएफटी डिस्प्ले भएको इस्ट्रुमेन्ट क्लष्टर, एम्प्लिफायर सहितका ९ ओटा जेबीएलको स्पिकर जस्ता विशेषताहरु समावेश छन् ।

सेफ्टी फिचरको रुपमा भने एच५ मा ६ ओटा एयरब्यागहरु, एबीएस सिस्टम, ईबीडी सिस्टम, रियर पार्किङ्ग सेन्सर, चाइल्ड सेफ्टी लक, हिल होल्ड कन्ट्रोल, रोल ओभर मिटिगेशन, कर्नरिङ्ग स्ट्याविलिटी कन्ट्रोल लगायत समावेश छन् ।

टाटा एच५ मा प्रयोग भएको इञ्जिन १९५६ सीसी ४ सिलिण्डर टर्बो चाज्र्ड डिजेल इञ्जिन हो जसले १४० पीएसको पावर र ३५० एनएमको टर्क उत्पादन गर्दछ । त्यसैगरी यस कारमा ६-स्पिड म्यानुअल गियरबक्स दिइएको छ भने कारले १५ केएमपीएलको माइलेज प्रदान गर्दछ ।

५ सिटर यस एसयूभीको लम्वाई ४५९८ मिलिमिटर, चौडाई १८९४ मिलिमिटर र उचाई १७०६ मिलिमिटर रहेको छ भने ग्राउण्ड क्लियरेन्स चाहिँ २०५ मिलिमिटर र बुट स्पेश ४२५ लिटरको रहेको छ । त्यसैगरी, ५० लिटरको फ्युल ट्याङ्क क्यापासिटी रहेको एच५ को अगाडिको चक्काहरुमा डिस्क र पछाडिको चक्काहरुमा चाहिँ ड्रम ब्रेक दिइएको छ ।

हाल नेपाली बजारमा टाटा एच५ का ४ भेरियन्टहरु मध्ये एक्सइको मूल्य ५८ लाख ५५ हजार रुपैयाँ तोकिएको छ भने एक्सएमको मूल्य ६५ लाख ९९ हजार रुपैयाँ, एक्सटिको मूल्य ७० लाख ९९ हजार रुपैयाँ र एक्सजेडको मूल्य चाहिँ ७५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.