सेयर मूल्य बढाउन प्रधानमन्त्री वा मन्त्रीकाे मुख ताक्नु हुदैनः अध्यक्ष ढुंगाना

  २०७६ पुष २७ गते १५:३३     विकासन्युज

काठमाडौं । धितोपत्र वोर्डका नवनियुक्त अध्यक्ष भिष्मराज ढुंगानाले सेयर मूल्य बढाउनको लागि प्रधानमन्त्री वा अर्थमन्त्रीको मुख ताक्न नहुने वताएका छन् ।

माग र आपूर्तिले सेयर बजारलाई निर्धारण गर्ने भएकोले प्रधानमन्त्री वा मन्त्रीले भन्दैमा बजार प्रभावित नहुने उनको भनाइ छ ।

नवनियुक्त अध्यक्ष ढुंगानालाई भेट्न गएको नेपाल आर्थिक पत्रकार संघ(नाफिज) को प्रतिनितिमण्डसँग कुरा गर्दै अध्यक्ष ढुंगानाले यस्तो बताएका हुन् । बजारलाई बजारकै गतिमा काम गर्न दिनु नै उपयुक्त हुने उनको भनाइ छ ।

‘प्रधानमन्त्री वा अर्थमन्त्रीले भन्दैमा सेयर बजार बढ्ने होइन, बजारको आफ्नै गति र प्रक्रिया हुन्छ, सोही गति र प्रक्रिया अनुसार बजारले स्वभाविक गतिविधि गर्ने हो,’ अध्यक्ष ढुंगानाले भने । प्रधानमन्त्री वा अर्थमन्त्रीले भन्दैमा बजार बढ्ने वा घट्ने अवस्था नआउने उनको भनाइ छ ।

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएका ढुंगाना उदार अर्थतन्त्रका पक्षपाति हुन् । उनको कार्यकालमा नेपालमा विदेशी लगानी प्रबद्र्धनका लागि नीतिगत सुधारका कामहरु भएका थिए । ढुंगाना करिब १ वर्षदेखि वोर्डको विज्ञ संचालकका रुपमा कार्यरत थिए ।

गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले ढुंगानालाई वोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । ढुंगानाले बोर्डको नेतृत्व संहालेदेखि नै सेयर बजारमा सकारात्मक प्रभाव परेको विश्लेषकहरुको बुझाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.