कृषि विकास बैंकको ३० प्रतिशत लाभांश पारित

  २०७६ पुष २७ गते १४:३१     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकको प्रस्तावित ३० प्रतिशत लाभांश पारित भएको छ । पुस २७ गते(आइतबार) सम्पन्न बैंकको १३ औं वार्षिक साधारणसभाले सञ्चलाक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

सभाले पारित गरेसँगै शेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजी २४ प्रतिशत नगद(कर सहित) र ६ प्रतिशत बोनस शेयर पाउने छन् । बैंकले करिब २ लाख ५७ हजारको संख्यामा रहेका शेयरधनीहरुलाई सो मात्रा अर्थात ३० प्रतिशत लाभांश वितरण गर्ने छ ।

भक्तपुरको बोडेस्थित बैंकको केन्द्रिय तालिम प्रतिष्ठानमा भएको सभा अध्यक्ष क्षेत्रबहादुर सेंजुवालको अध्यक्षतामा सम्पन्न भएको छ ।  बैंकले हाल २७४ वटा शाखाहरुबाट आधुकिन बैकिङ्ग सेवा पुर्याईरहेको छ । साथै, बैंकले नेपालको वाणिज्य बैंकमध्ये सबैभन्दा बढी अधिकृत पुँजी पुर्याउन सफल भएको जानकारी दिएको छ ।

सभामा विभिन्न निकाय/संघ/संस्थाका प्रतिनिधि, बैंकमा कार्यरत उच्च व्यवस्थापक, कर्मचारीहरु र बैंक संचालक समितिका सदस्यहरु झक्कप्रसाद आचार्य, रघुराम विष्ट, संजिव पौडेल, हरिप्रसाद पराजुली, विनोद गुरांगाई, डा. इन्दिरा मास्के (श्रेष्ठ) को उपस्थिति रहेको थियो । साथै, बैंकका कम्पनी सचिव हिमलाल पौडेलले सभाको संचालन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.