ईरानको मिसाईल हमलाप्रति ट्रम्प भन्छन्- ‘अल ईज वेल’

  २०७६ पुष २३ गते ११:२६     विकासन्युज

काठमाडौं । ईरानले गरेका मिसाईल हमलाप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अल ईज वेल भन्दै प्रतिकृया दिएका छन् । बुधबार बिहान ईरानले गरेको मिसाईल हमला प्रति अमेरिकाका राष्ट्रिपति डोनाल्ड ट्रम्पले यस्तो प्रतिकृया दिएका हुन् ।

ट्रम्पले ट्विटर मार्फत ‘अल ईज वेल । ईराकमा अवस्थित मिलिटेरी क्याम्पबाट ईरानले मिसाईल हमला गरेको छ । मिसाईले गरेको क्षतिको मापन गरिदैं छ । अहिलेसम्मै हामीसँग संसारकै शक्तिशाली सेना रहेका छन् । म भोली एउटा व्यक्तव्य जारी गर्नेछु ‘ लेखेका छन् ।

आफ्ना प्रमुख सैन्य कमाण्डर कासिम सुलेमानीको हत्या गरेपछि इरानले अमेरिकासँग बदलास्वरूप मिसाइल हमला गरेको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.