सिद्धार्थ बैंकले काठमाडौंसहित १० स्थानमा सम्पन्न गर्यो रक्तदान कार्यक्रम

  २०७६ पुष १७ गते १८:१६     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले नेपालका विभिन्न १० स्थानहरुमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा पुस ११ गतेदेखि पुस १६ गतेसम्म उक्त ठाउँहरुमा रक्तदान कार्यक्रम आयोजना गरी सम्पन्न गरेको हो ।

बैंकले विराटनगर, दमक, भरतपुर, जनकपुर, हेटाैंडा, काठमाडौं, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढीमा सप्ताहव्यापी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकका उच्च व्यवस्थापन तहका कर्मचारी लगाएत अधिकांश कर्मचारी, ग्राहकवर्ग तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको उक्त रक्तदान कार्यक्रममा ४ सय ९८ जना रक्तदाताहरुले रक्तदान गरेका थिए । यस कार्यक्रमबाट देशमा विद्यमान रक्त अभावलाई केहि हदसम्म भए पनि सहज हुने विश्वास बैंकले लिएको छ ।

बैंकले हाल १७८ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, १९७ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.