टिभिएस अपाचेद्धारा पिपिएलका खेलाडी पुरष्कृत, तीन जनाले पाए नयाँ बाइक

  २०७६ पुष १६ गते १८:५३     विकासन्युज

कास्की । टिभिएस अपाचेले पिपिएल प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई पुरष्कृत गरेको छ । प्रतियोगिताको मूख्य प्रायोजक रहेको टिभिएस अपाचेले टिभिएस अपाचे बाइकद्वारा पुरस्कृत गर्ने घोषणा गरे बमोजिम प्रतियोगितामा उत्कृष्ट साबित भएका ३ जना क्रिकेट खेलाडीहरुलाई पुरष्कृत गरेको हो ।

जस अनुसार प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले ‘आरटीआर २०० ४भी’, म्यान अफ दी सिरिज रोहन मुस्तफाले ‘अपाचे१६० ४भी’ र उत्कृष्ट बलर करण के.सी.ले ‘अपाचे१६० २भी’ बाइक पाएका छन् । कम्पनीका उपाध्यक्ष दीपक अग्रवालको उपस्थितिबीच पुरस्कारका बाइकहरु सम्बद्ध खेलाडीलाई प्रदान गरिएको थियो ।

नेपालको फ्रेन्चाइज क्रिकेट प्रतियोगिताहरु मध्येको एक प्रतियोगिता पिपिएल सम्पन्न भएको छ । नेपालभित्र खेलाइने यस प्रकारका प्रतियोगिताहरुलाई प्रवद्र्धन गर्ने उद्देश्य जगदम्बा मोटर्स प्रा.लि.ले लिँदै आएको छ । सोही उद्देश्य अनुरुपक्वीन्स इभेन्टको आयोजना रहेको पिपिएलमापनि टिभिएस अपाचेको साथ जगदम्बा मोटर्स प्रा.लि. जोडिएको थियो ।

जगदम्बा मोटर्स प्रा.लि.का उपाध्यक्ष दीपक अग्रवालले भने, “वास्तवमा खेलाडीहरु आफ्नो उत्कृष्ट प्रदर्शनीबाट नै अन्यमाझ चिनिने गर्दछन्, त्यस्तै टिभिएस अपाचे पनि आफ्नो विश्वविख्यात प्रविधिको कारण अरुहरु माझ परिचित रहँदै आएको छ । पिपिएलका उत्कृष्ट खेलाडीहरुलाई तथा विजेता टिमलाई बधाई दिंदै आगामी दिनमा पनि यस्तै सफलताको कामना गर्दछु ।”

पोखरामा सम्पन्न पिपिएल प्रतियोगिताको दोस्रो संस्करणमा टिभिएस अपाचे बाइक पावर्डतर्फको प्रायोजक रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.