सनराइज बैंकका ग्राहकलाई होटल सांग्रीलामा १५ प्रतिशत छुट

  २०७६ पुष १६ गते १८:३३     विकासन्युज

काठमाडौं । सनराइज बैंकका ग्राहकले होटल सांग्रीलामा १५ प्रतिशत छुट पाउने भएका छन् । अन्य क्षेत्रमा जस्तै होटल क्षेत्रमा पनि छुट दिने उद्देश्यले बैंकले होटल सांग्रीलासँग सम्झौता गरी ग्राहकलाई सो मात्राको छुट दिने भएको हो ।

यससँगै बैंकका ग्राहकले होटल संग्रीलाको विभिन्न सेवा तथा सुविधा प्रयोग गर्दा विशेष छुट पाउने सम्बन्धि दुई संस्थाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकले फुड, बेभरेज, बेकरी, साउँना एण्ड सुमिंङ जस्ता सुविधाको भुक्तानी गर्दा बैंकको क्रेडिट तथा डेविट कार्ड देखाए र वा कार्ड मार्फत भुक्तानी गर्दा सो मात्राको छुट पाउने छन् ।

बैंकका ग्राहकले आगामी एक वर्ष अर्थात २०७७ साल पुस १५ गतेसम्म यो सुविधा उपयोग गर्न पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.