सेञ्चुरी बैंकको थप शाखा रहित बैकिङ्ग सेवा महोत्तरीमा

  २०७६ पुष १६ गते १३:३४     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले सेवामा थप विस्तार गर्दै महोत्तरीबाट शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ । बैंकका प्रमुख सौरभ चौधरी र बर्दिबास नगरपालिकाका अध्यक्ष राजन प्रसाद ढुङ्गगानाले सयुक्त रूपमा  शाखारहित बैंकिङ्गका प्रतिनिधि गंगा बहादुर कार्कीलाई ट्याब मेसिन हस्तान्तरण गरेका हुन् ।

उद्घाटन पश्चात् बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १ सय शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १५ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १ सय ३८ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.