न्यू इयरमा सपिङ योजना छ ? यस्ता छन् बैंक र कम्पनीका अफर

  २०७६ पुष १६ गते १३:११     विकासन्युज

काठमाडौं । अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै विभिन्न कम्पनीले आकर्षक योजना ल्याएका छन् । नयाँ वर्ष सन् २०२० लाई लक्षित गर्दै ग्राहक तान्न उत्पादक र विक्रेताहरुले आफ्नो उत्पादन, वस्तु तथा सेवा खरिदमा आकर्षक अफरसहितको स्कीम ल्याएका हुन् ।

गाडी र मोटरसाइकल विक्रेता कम्पनी होण्डाले १ महिने योजना ल्याएको छ । यो योजना अनुसार गाडीको खरिदमा १५ तोलासम्म सुन, एक वर्षसम्मको सडक दस्तुर विक्रेताले नै तिरिदिने, २० हजार रुपैयाँसम्मको विभिन्न सामग्री र ३० डाउन पेमेन्ट गर्दा हुनेछ ।

यस्तै, होण्डा मोटरसाईकलको स्क्रयाच एण्ड विन अन्तगर्त ग्राहकले १ लाख रुपैयाँसम्मको नगद छुट र ठुलो बाइकको खरिदमा २० हजार रुपैयाँसम्म छुट पाउने छन् । यो योजना ३१ जनवरीसम्म रहनेछ ।

सिटी सेन्टरमा ६० प्रतिशतसम्म छुट

कमलपोखरीमा रहेको सिटीसेन्टर सपिङ कप्प्लेक्सले नयाँ वर्षको अवसरमा ‘धेरै खर्च गर र धेरै बचाउ’ योजना ल्याएको छ । यो योजना अन्तरत सिटीसेन्टरमा सपिङ गर्दा ६० प्रतिशतसम्म छुट पाइनेछ ।

सुविसुको अफरः १ हजार ४० रुपैयाँमा २५ एमबीपीएस इन्टरनेट र फूल एचडी टिभी

इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसु केबलनेटले आफ्नो १९औं बार्षिकोत्सव र नयाँ वर्षको अवसरमा ग्राहकहरुको माझ सुविसु अफरच्यूनिटी योजना घोषणा गरेको छ ।

यो अफरअन्तरगत सुबिसुका ग्राहकहरुले १ हजार ४० रुपैयाँ प्रतिमहिनामा २५ एम्बीपीएस इन्टरनेट र फूल एचडी प्याकेज (२७५ भन्दा बढी च्यानल, ९५ भन्दा बढि एचडी च्यानल) प्राप्त गर्न सक्नेछन् । यो अफर १५ महिनाको भुक्तानीमा प्राप्त हुनेछ ।

क्लियर टिभीः मासिक २२१ रुपैयाँ एचडी च्यानल

क्लियर टिभी प्याकेज (२४५ भन्दा बढी च्यानल, ६५ भन्दा बढि एचडी च्यानल) मात्र २ सय २१ रुपैयाँमा प्राप्त गर्न सक्नेछन् । यो अफर १४ महिनाको भुक्तानीमा प्राप्त हुनेछ ।

यसका साथै ग्राहकहरुले २० हजारभन्दा बढी नेपाली गीतहरु समावेश भएको दामी म्युजिकको प्रिमियर प्याकेज ३ महिनाका लागि सित्तैमा प्राप्त गर्नेछन् ।

एनसेल डाटा प्याक आधा सस्तो

दूरसंचार सेवा प्रदायक कम्पनी एनसेलले सन् २०२० को पहिलो दिन जनवरी १ मा ग्राहकलाई विषेश प्याकेज दिएको छ । यो दिन एनसेलका ग्राहकले ५० प्रतिशत छुटमा मासिक डेटा प्याकहरु सुचारु गरी सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्नेछन् ।

एनसेलले नयाँ वर्ष २०२० को अवसरमा आकर्षक अफर ल्याएको छ, जसअन्तरगत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले ५० प्रतिशत छुटमा १६ जिबी र ६ जिबी मासिक डेटा प्याकको मजा लिन सक्नेछन् ।

यो अफर बुधबार (१६पुष १६) देखि लागू भई २४ घण्टाको लागि मान्य रहनेछ । एनसेलका ग्राहकले बुधबार बिहान १२ बजेदेखि मध्यरात ११ः ५९ बजेसम्ममा ५० प्रतिशत छुटमा यी दुई वटा मासिक डेटा प्याक सुचारु गर्न सक्नेछन् ।

यो योजनाअन्तर्गत ग्राहकले करसहित १ हजार २० रुपैयाँ २४ पैसा पर्ने १६ जिबी प्याक करसहित मात्र ५ सय १० रुपैयाँ १२ पैसामा सुचारु गर्न सक्नेछन् ।

माछापुच्छ्रे बैंकको ५ सय रुपैयाँ क्यासव्याक अफर

माछापुच्छ्रे बैंकले अनलाईनबाट सपिङ्ग गर्ने ग्राहकलाई पैसा फिर्ता दिने योजना ल्याएको छ । बैंकले विभिन्न इकमर्स साईटहरुबाट डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी विभिन्न बस्तु तथा सेवा खरिद गर्दा ५ सय रुपैयाँ ५०० क्यासव्याक दिने भएको हो ।

अंग्रेजी नयाँ वर्ष २०२० को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई लक्षित क्यास व्याक अफर संचालनमा ल्याइएको बैंकले जानकारी दिएको छ ।

सो योजनाअनुसार ग्राहकले बैंकको कार्ड प्रयोग गरी पिओएस मेसिनमा कम्तिमा ५ सय रुपैयाँ बराबरको ३ वटा छुट्टाछुट्टै कारोबार गरेपछि ५ सय रुपैयाँ फिर्ता पाउनेछन् ।

त्यस्तै, विभिन्न इकमर्श साईटहरु जस्तै दराज, सस्तो डिल, रिचार्जर, ई–सेवा पसललगायतका अनलाईन सपिङ्ग साईटहरुबाट सामान खरिद गर्दा कम्तिमा ५ सय रुपैयाँ बराबरको ३ वटा छुट्टाछुट्टै कारोबार कार्डबाट भुक्तानी गरी, प्रत्येक महिना ५ सय रुपैयाँ क्यासव्याक सुविधा प्राप्त गर्न सकिने छ ।

माछापुच्छ्रे बैंकले अन्तराष्ट्रिय भुक्तानी प्रणाली भीसासँगको सहकार्यमा २०२० जनवरी र फेब्रुअरी महिनाको लागि उक्त अफर संचालनमा ल्याएको हो ।

सानिमा बैंकमा डिजिटल बैंकिङ सेवा निःशुल्क

सानिमा बैंकले नयाँ वर्ष सन् २०२० को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई विशेष योजना स्वरुप विभिन्न छुट प्रदान गर्ने भएको छ ।

बैंकले आफ्ना नयॉ तथा पुराना ग्राहकहरुलाई लक्षित गर्दै ३ दिनको लागि आफ्ना डेबिट कार्ड र मोबाइल बैंकिङलगायतका डिजिटल बैंकिङ सेवाहरुमा कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

साथै, ग्राहकले दुवै सुविधा एकैसाथ उपभोग गर्दा १ सय रुपैयाँको नेपाल टेलिकम वा एनसेलको टपअप पाउनेछन् । यो योजना ३१ डिसेम्बर २०१९ देखि २ जनवरी २०२० सम्मका लागि लागू हुने बैंकले जनाएको छ ।

सिद्धार्थ बैंकको योजनाः सामान खरिद १५ प्रतिशतसम्म छुट

सिद्धार्थ बैंकले आफ्नो १७औं वार्षिकोत्सव र नयाँ वर्ष २०२० को अवसरमा ‘सुपरच्युनिटी गो क्यासलेस, गो अनलाईन’ अफर ल्याएको छ ।

यो अफर अन्तरगत सिद्धार्थ बैकका ग्राहकले दराज अनलाईन मार्फत ५ सय रुपैयाँभन्दा बढीको सामान खरिद गर्दा १५ प्रतिशत छुट, ५ सय रुपैयाँभन्दा माथिको २ पटक अनलाईन सपिङ गर्दा ५ सय रुपैयाँ क्यास ब्याक, बैंकबाट पहिलोपटक ५ सयको टपअप गर्दा २० प्रतिशत क्यासवयाकका साथै कार्डबाट ३ पटकसम्म १ महिनामा १ हजार ५ सय रुपैयाँको भुक्तानी गर्दा १ हजार रूपैयाँसम्मको क्यासव्याक पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.