रिचार्जर र नेपाल भ्रमण वर्ष २०२० सचिवालयबीच इकमर्श सम्झौता

  २०७६ पुष १४ गते १४:३५     विकासन्युज

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने सन्दर्भमा मोबाइलएप रिचार्जर र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयबीच सम्झौता भएको छ । एउटै प्लेटफर्मबाट विभिन्न किसिमका सेवा दिँदै आएको रिचार्जरलाई नेपाल भ्रमण वर्ष २०२० को इकमर्श पार्टनर बनाउने सन्दर्भमा सम्झौता भएको हो ।

सम्झौतापत्रमा रिचार्जरका तर्फबाट ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडर तथा नेपाल भ्रमण वर्ष २०२० सचिवालय सदस्य बच्चु नारायण श्रेष्ठले सम्झौता गरेका छन् ।

सम्झौताअनुसार रिचार्जरले आफ्नो व्यवसायिकअभियानका दौरान भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने किसिमका प्रवद्र्धनात्मकअभियान सञ्चालन गर्नेछ । भ्रमण वर्षलाई प्रवर्दन गर्ने योजना समेट्दै रिचार्जरले विभिन्न किसिमका अफर तथा इभेण्टहरुको आयोजना गर्नेछ । यसका लागि भ्रमण वर्ष सचिवालयले आवश्यक सहकार्य गर्नेछ ।

सम्झौतासँगै रिचार्जरले सचिवालयसँगको सहकार्यमा रिचार्जर बिग सेल २०२० को सुरुवात गर्दैछ । सोमबार साँझ पर्यटनमन्त्री योगेश भट्टराईले एक कार्यक्रमका बीच उक्त अभियानको सुरुवात गर्दैछन् ।

अहिले डाउनलोड गर्नुस, समय र पैसाको बचत गर्नुस् भन्ने नारा सहित रिचार्जरले दैनिक प्रयोगमा आउने सेवाहरु एकैस्थानमा उपलब्ध गराउँदै आएको छ । रिचार्जरले जतिको मोबाइल रिचार्ज गर्यो त्यत्ति नै क्यास प्वाइन्ट दिँदै आएको छ । यसरी प्राप्त हुने क्यास प्वाइन्टलाई रिचार्जर बाट सामानखरिद गर्दा छुटका रुपमा प्रयोग गर्न सकिन्छ ।

सेवा र किनमेलकालागि उपयोगी रिचार्जरमा ७० प्रतिशतसम्मको छुटमा सामानहरु किन्न सकिन्छ । त्यसैगरी विभिन्न बैंकहरुसँगको सहकार्यमा शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा ग्याजेट, ईलोक्ट्रोनिक्स, टुर प्याकेज, फर्निचर लगायतका घरायसी उपयोगका सामानहरु पनिकिन्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.