विदेश जादै हुनुहुन्छ, निःशुल्क सिमकार्ड लिन नभुल्नु होस्

  २०७६ पुष १४ गते १२:४२     विकासन्युज

काठमाडौं । श्रम स्वीकृति र पासपोर्टकोलाई आधार बनाइ वैदेशिक रोजगारीमा जाने नेपालीलाई सिमकार्ड वितरण गरिरहेको छ । हाइल्याण्ड इन्टरनेशनल प्रा.लि., नक्सालले विगत तीन वर्षदेखि विभिन्न देशको टेलिकमसँगको सहकार्यमा तथा नेपाल सरकारको स्वीकृतिमा वैदेशिक रोजगारीमा जाने नेपालीलाई निःशुल्क सिमकार्ड प्रदान गर्दै आएको हो ।

मलेसिया ओमान र कतारका सिमकार्ड एयरपोट र श्रम कार्यालय ताहचलले दैनिक दुई सय सिमकार्ड वितरण गर्दै आएको छ । वैदेशिक रोजगारमा जाने श्रमिकको सहजताका लागि ध्यानमा राखेर विगत तीनवर्ष देखि हाइल्याण्ड इन्टरनेशनल प्रा.लि.ले निःशुल्क सिमकार्ड वितरण गर्दै आएको कम्पनीका अप्रेशन म्यानेजर विनोद लामाले बताए । वैदेशिक रोजगारमा जाने श्रमिकको श्रम स्वीकृतिपत्र र पासपोर्टलाई आधार बनाइ सिमकार्ड प्रदान गर्ने जानकारी दिए ।

नेपाल सरकारको स्वीकृति बमोजिम वैदेशिक रोजगारीमा जाने नेपाललाई गत्तव्य स्थलको सिमकार्ड वितरण गर्ने यो नै पहिलो तथा एक्लो कम्पनी हो । हालसम्म कुनै पनि देशका सिमकार्ड विक्री तथा वितरणका लागि नेपाल सरकारले अन्य संस्थालाई स्वीकृति नदिएको श्रम स्वीकृति कार्यालय ताहचलले जानकारी दिएको छ ।

दैनिक ताहचलबाट मात्र कतार, ओमान, मलेसियाको सिमकार्ड कम्तीमा एक सय वटा वितरण हुँदै आएको श्रम कार्यालय ताहचलमा ३ वर्षदेखि सिमकार्ड वितरण गर्दै आएका माधव पौडेलले जानकारी दिए । उनले भने ‘शुरुवातका समय दैनिक तीन सयसम्म सिमकार्ड वितरण हुन्छ ।’ विशेषगरी कतारको भोडाफोन, क्यूटेल र मलेसियाको सेलकम तथा ओमानको ओमानटेल नाममो सिमकार्डको वितरण गरिरहेको वितरक माधव पौडेलले जानकारी दिए ।

पछिल्लो समय सबैभन्दा बढीमात्रामा कतारको भोडाफोनको सिमकार्ड वितरण हुने गरेको कम्पनीले जानकारी दिएको छ । वैदेशिक रोजगारका लागि जाने क्रममा गन्तव्य मुलुकको विमानस्थल पुगेपछि सहजता हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.