गोरखा चाइनिज इटाको स्ट्रेन्थ बढ्दै, मापदण्डभन्दा नौ एमपीए बढी

  २०७६ पुष १० गते १३:१६     विकासन्युज

काठमाडौं । गोरखा चाइनिज इट्टाको स्ट्रेन्थ वढ्दै गएको छ । काभ्रेको बासडोलमा कारखाना राखी उत्पादन सुरु गरेको गोर्खा इको रेड व्रिक्स प्रालिबाट उत्पादित गोर्खा चाइनिज इटाको स्ट्रेन्थ पछिल्लो समय बढ्दै गएको हो ।

ललितपुरको कुपण्डोलस्थित मल्टिल्याब प्रालिमा ६ वटा इटा नमूनाको रुपमा टेष्ट गर्दा औसतमा १४ एमपीए पाइएको हो । सिनियर जियोटेक्निकल इन्जिनियर प्राडा रामकृष्ण पौडेलका अनुसार इटाको टेष्ट गर्दा घटीमा १४ दशमलब पाँच एमपीए पाइएको छ ।

यसअघि ख्वप कलेज अफ इन्जिनियरिमा गरेको कम्परेन्सिभ स्ट्रेन्ट टेष्टमा कम्पनीका १० एमपीए देखिएको थियो । त्यसबेला इटाहरु घटीमा पनि १० दशमलब २३ एमपीए पाइएको थियो । गुणस्तरीय इटा हुनका लागि एमपीए न्युनतम पनि पाँच एमपीए हुनुपर्छ । विद्यार्थीले इटाको गुणस्तरको विभिन्न पक्षकाबारेमा टेष्ट गरेका थिए ।

टनेल क्लिन प्रविधिमा इटा पोली चाइनिज इटाको उत्पादन सुरु गरेको यो उद्योगको इटाको आकार साढे नौ इन्च लम्वाई, साढे चार इन्च चौडाई र सवा दुई इन्च मोटाइको रहेको छ । यो इटा तुलनात्मक रुपमा अझ बढी मजबुत, सबैतिर सीधा आकार मिलेको र स्मुथ फिनिसिङको हुने कम्पनीको दाबी छ ।

यसका लागि तापक्रम नाप्न तापक्रम मापन यन्त्र ९थर्मोमिटर० पनि जडान गरिएको छ । थर्मोमिटरमा तापक्रम हेरी आवश्यकता अनुसार कोइला थपी इटा पोल्ने गरिन्छ । यसले गर्दा इटा एकनासले पाकेर निस्किन्छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णराम देउपालाका अनुसार यो प्रविधिबाट इटा बनाउँदा काँचो इटालाई घाममा नसुकाई डा«इ टनेलमा पठाई इटालाई सुकाइन्छ । यसपछि फायर टनेलमा आठ सयदेखि नौ सय डिग्रीसम्मको तापक्रममा राखेर इटा पोल्ने गरिन्छ । फायर्रिग टनेलमा भएको तातो हावालाई डाइ टनेलमा लगी काँचो इटा सुकाउने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.