विमान निर्माता कम्पनी बोइङका सीईओ मालनबर्ग पदबाट बर्खास्त

  २०७६ पुष ८ गते १२:३२     विकासन्युज

अमेरिकाको  विमान निर्माता कम्पनी बोइङका प्रमुख कार्यकारी अधिकृत डेनिस मालनबर्गलाई पदबाट बर्खास्त गरिएको छ ।  पछिल्लाे समय मालनबर्गले नेतृत्व गरेकाे कम्पनीका विमानहरू  दुर्घटनामा परेपछि उनलाई  पदबाट बर्खास्त गरिएकाे जनाइएकाे हाे ।

बोइङ कम्पनीको ७३७ म्याक्स मोडलका दुईवटा विमान   दुर्घटनामा परेपछि  मालनबर्गमाथि समेत दबाब पर्दै आएको थियो । बोइङले संस्थामा आत्मविश्वास पुनर्स्थापनाका लागि यो कदम चालिएको दाबी गरेको छ । यद्यपि उनको स्थानमा नियुक्ति पाएकाप्रति आशंका कायमै छ ।

ग्राहकसम्म विमान पुर्‍याउन हतार गर्ने भन्दै अमेरिकी सांसदहरूले बोइङमाथि सुरक्षाभन्दा मुनाफामा ध्यान दिएको आरोप लगाएका छन् ।

मालनबर्ग सन् १९८५ देखि बोइङ कम्पनीमा थिए । सन् २०१५ मा प्रमुख कार्यकारी अधिकृत बन्नुअघि उनले बोइङको प्रतिरक्षा, अन्तरिक्ष तथा सुरक्षा विभागको नेतृत्व गरेका थिए ।

बोइङले कम्पनीका अध्यक्ष रहेका डेविड काल्हूनलाई प्रमुख कार्यकारी तथा अध्यक्षमा नियुक्त गरेको छ । उनी सन् २००९ देखि कम्पनीको बोर्डमा रहँदै आएका छन् । उनले १३ जनवरी, २०२० देखि आफ्नो कार्यभार सम्हाल्नेछन् ।

इण्डोनेशिया र इथियोपियामा ७३७ म्याक्स मोडलका दुईवटा विमान दुर्घटनाग्रस्त भएपछि संसारभर सो मोडलका विमानको उडानमा रोक लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.