प्रोस्टाइलले ‘प्रोस्टाइल म्यान हन्ट इन्टरनेशनल नेपाल २०२०’ को शीर्ष प्रायोजन गर्ने

  २०७६ पुष ७ गते १९:३८     विकासन्युज

काठमाडाैं । डाबर नेपालको एक लोकप्रिय ब्रान्ड प्रोस्टाइलले ‘प्रोस्टाइल म्यान हन्ट इन्टरनेशनल नेपाल २०२०’ प्रतियोगिताको शीर्ष प्रायोजन गर्ने भएको छ। प्रोस्टाइलले ग्रुपअफ इभेन्ट ईन्टरटेनर (जीईई) सँग सम्झौता गर्दै उक्त प्रतियोगिताको शीर्ष प्रायोजन गर्न लागेकाे हाे ।

प्रोस्टाइलले ग्रुप अफ इभेन्ट ईन्टरटेनर (जीईई) सँगै २३ डिसेम्बर २०१९ मा जावलाखेलको रेन रेष्टुरेन्टमा आयोजना गरिएको एक समारोहबीच प्रोस्टाइल म्यान हन्टइन्टरनेशनल नेपाल२०२० को आवेदन खुला गरिएको जनाएको छ।योसँग संगै प्रोस्टाईल लगातार सातौं वर्ष यस प्रतियोगिताको प्रमुख प्रायोजक हुने भएको छ।

सोही प्रतियोगितामा भाग लिनका लागि प्रोस्टाइल म्यान हन्ट इन्टरनेशनल नेपालको फेसबुक पेजमा लग-इन गरी फर्म डाउनलोड गर्न सकिनेछ । त्यस्तै प्रतियोगितामा भाग लिन नेपाली पुरुष १८ देखि ३४ वर्षको हुनुपर्ने, कम्तिमा उचाई ५ फिट ८ इन्च भइ प्लस टु तह उत्तीर्ण भएको हुन पर्नेछ । प्रतियोगिताको ग्रान्ड फिनाले मार्च २०२० मा काठमाण्डुमा हुनेछ भने विजेताले नेपाललाई म्यान हन्ट इन्टरनेशनल २०२० मा प्रतिनिधित्व गर्नेछ।दोस्रो र तेस्रो हुने विजेताहरुले क्रमश: मिस्टर इन्टरनेशनल र मिस्टर ग्लोबलमा नेपाललाई प्रतिनिधित्व गर्नेछन्।

डाबर नेपालका सेल्स एवं मार्केटिंग प्रमुख उपेन्द्र प्रधानले भने, “डाबर नेपालले जीईईसँग साझेदारी गरी धेरै वर्षदेखि सफलतापूर्वक यस प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । त्यस्तै प्रोस्टाइल डाबर नेपालको पुरुष लक्षित एउटा यस्तो ब्रान्ड हो जुसले स्टाइलिस, कुल र कन्फिडेन्ट बन्न मद्दत गर्छ। म विश्वस्त छु यस वर्षको प्रतियोगिता र प्रतियोगीहरुले पनि ब्रान्डको मूल मन्त्रलाई समातेर अघि बढ्नेछन् ।”

साथै सोही समारोहमा प्रोस्टाइल म्यान हन्ट इन्टरनेशनल नेपाल २०१९ का विजेता बिवेश श्रेष्ठलाई फेब्रुअरी २०२०मा फिलिपिन्समा हुन गइरहेको म्यान हन्ट इन्टरनेशनल २०२० का लागि विदाई गरिएको थियो। गत वर्षको प्रतियोगितामा दोस्रो तथा तेस्रो भएका प्रशान्तजंग शाह र आर्यन सिटौलाले क्रमशः मिस्टर इन्टरनेशनल २०१९, फिलिपिन्स तथा मिस्टर ग्लोबल २०१९, थाईलैंडमा नेपाललाई प्रतिनिधित्व गरिसकेका छन्।

प्रोस्टाइल एउटा अद्वितीय उत्पादन हो । नेपालमै पहिलो पटक पुरुषका विशेष आवश्यकता लक्षित गरी उत्पादन गरिएको हेयर आयल हो। प्रोस्टाइलसँग अब प्रोस्टाइल डेन्ड्रफ कन्ट्रोल हेयर आयल, प्रोस्टाइल सफ्ट एण्ड शैनी हेयर आयल र प्रोस्ट्राइल हेयर क्रीम ब्रान्ड बजारमा विभिन्न प्याकहरूमा उपलब्ध छन् ।

इच्छुकले https://www.facebook.com/manhuntinternationalnepal/ मा लगइन गरी यो प्रतियोगितामा सहभागी हुन सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.