सनफ्लो सनफ्लावर तेल किन्दा पाटनकी सुनिता लामाले पाइन हिराको हार

  २०७६ पुष ७ गते १९:०९     विकासन्युज

काठमाडौं । सनफ्लो सनफ्लावर तेल खरिद गर्दा पाटनकी सुनिता लामाले हिराको हार पाएकी छिन् । “सनफ्लोमा पकाऔं मीठो परिकार, साथमा पाऔं हिराको हार उपहार” योजना अन्तर्गत तेस्रो लक्की ड्र कार्यक्रम अन्तर्गत उनले हिराको नेकलेस पाएकी हुन् ।

तेस्रो लक्की ड्र कार्यक्रम अन्तर्गत हिराको हार र हिराका अन्य उपहार विजेताहरुलाई हिराको हार तथा अन्य उपहारहरु हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

त्यस्तै, पेप्सीकोला निवासी सृजना कार्कीले हिराको लकेट प्राप्त गरेकी छन् । पाल्पाका कमल नेपालले हिराको लकेट जितेका छन् । त्यसैगरी, राजविराज निवासी अबिनाश यादव र नारायणघाट निवासी राजन गुरुङले हिराको टप जितेका छन् ।

के.एल. दुगड समूह अन्तर्गतको स्वस्तिक आयल इन्डष्ट्रिज प्रा.लि.ले आफ्नो उत्पादन सनफ्लो सनफ्लावर तेलमा आकर्षक हिराको हार र हिराको सेट जित्ने उत्साहजनक अफर सञ्चालनमा ल्याएको छ । यो योजना २३ अक्टुबर २०१९ देखि शुरु भई सीमित अवधिका लागि मात्र लागु रहने कम्पनीले जनाएको छ ।

यो योजनामा सहभागी हुन उपभोक्ताहरुले आधा लिटर वा १ लिटरको सनफ्लो सनफ्लावर तेलको प्याकेट खरिद गर्नुपर्नेछ र प्याकेटमा भएको १० अंकको नम्बर टाइप गरी ३१००८ मा एसएमएस पठाउनु पर्नेछ । लक्की ड्र मार्फत १ जना विजेताले हिराको हार, २ जना विजेताले हिराको टप र २ जना विजेताले हिराको लकेट जित्न सक्नेछन् । एकजना भाग्यशाली विजेताले बम्पर लक्की ड्र मार्फत योजनाको अन्तिममा हिराको नेकलेस सेट जित्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.