सबैं स्थानीय तहको सम्पूर्ण तथ्यांक ह्याकरको कब्जामा, अनुसन्धान गर्दै सीआईबी

  २०७६ पुष ७ गते १०:४६     विकासन्युज

काठमाडौं । नेपालका सबै स्थानीय तहको तथ्यांक ह्याक भएको छ । मन्त्रिपरिषदले स्वीकृति दिएर महालेखा नियन्त्रकको कार्यालयले प्रयोगमा ल्याएको स्थानीय संचित कोष व्यवस्थापन प्रणाली (सुत्र) मा रहेका सबै तथ्यांक ह्याकरको कब्जामा पुगेको हो ।

गत १२ मंसिरदेखि ४ पुससम्मका सबै स्थानीय तहका बजेट अख्तियारी, खर्चको विवरण जस्ता सबै प्रकारका तथ्यांक ह्याक भएको महालेखा नियन्त्रकको कार्यालयका सूचना अधिकारी निरज केसीले जानकारी दिए । यसरी प्रणाली ह्याक भएपछि आवश्यक अनुसन्धानको लागि महालेखाले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) लाई छानविन गर्न पत्राचार गरेको छ ।

‘स्थानीय तहले आफ्नो सबै हिसाब किताब राख्न प्रयोग गरेको प्रणाली सुत्र नै ह्याक भएको छ, हामीले प्रयोग गरेको व्याकअपमा पनि आक्रमण भएकोले यसको छानविनको लागि सीआईबीलाई पत्राचार गरेका छौं,’ केसीले विकासन्यूजसँग भने ।

ह्याकरले स्थानीय तहका सबै विवरण ह्याक गरेको कारण महालेखा नियन्त्रकको कार्यालयले स्थानीय तहमा कार्यरत लेखा समुहका सबै कर्मचारीको सरुवा रोकेको छ । सरुवा भइसकेका कर्मचारीलाई पनि यसअघिको विवरण पुन प्रविष्ट गर्नुपर्ने भएकोले सो कार्य सकिएपछि मात्रै रमाना दिन सबै स्थानीय तहलाई महालेखाले परिपत्र नै गरेको छ ।

महालेखाले गरेको परिपत्रमा १२ मंसिरदेखि ९ पुससम्मको तथ्यांक ह्याक भएको उल्लेख गरिएको छ । तर, आज ७ पुस हो । सो परिपत्रमा मिति नै गलत लेखिएको छ । महालेखाका सुचना अधिकारी केसीले ४ पुस (गत शुक्रबार) सम्मको सबै तथ्यांक ह्याक भएको वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.