सिद्धार्थ बैंकको मुर्लीचौक शाखा उद्घाटन

  २०७६ पुष ६ गते १७:५९     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले आइतबार वीरगंजस्थित मुर्लीचौक शाखाको उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक वीरगंज शाखाका कायममुकायम निर्देशक सुरेश शिवाकोटी र सिद्धार्थ बैंकका सञ्चालक राजेश कुमार केडियाले संयुक्त रुपमा गरेका थिए ।

बैंकले मुर्लीचौक शाखा गत २०७५ चैत्र १० गतेदेखि नै स्थापना गरी कारोबार गर्दै आएको थियो ।

बैंकले हाल १७५ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, १९५ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.