१५ वर्षको अनुभव संगालेर ५ करोडमा पशु फर्म स्थापना, अनुसन्धान केन्द्र बनाउने योजना

  २०७६ पुष ६ गते १६:०३     राजाराम न्यौपाने

काठमाडौं । विदेश गएर रूखमै पैसा फल्छ भन्ने गलत मानसिकता धेरैकाे हुन्छ । स्वदेशमै साहु वा बैंकसँग ऋण निकालेर पनि विदेश जाने युवाहरूकाे संख्या कम छैन । तर विदेश गएर धेरै पैसा कमाउने र विदेशमा  रूखमै पैसा फल्छ भन्ने मानसिकता रूपन्देहीका शौरभ शेरचनलाई  कहिल्यै लागेन ।

बरू उनमा स्वदेशमै केही गरेर देखाउनु पर्छ भन्ने साेच सानैदेखि पलायाे । रूपन्देहीको तिलोत्तमा नगरपालिका  वडा नम्बर १० मैनहवा घर भएका शेरचनले अहिले आफ्नै जग्गामा पशु फर्म स्थापना गरेका छन् । उनले २३ कठ्ठा क्षेत्रफलमा नमुना भैंसी, गाई र बधिया कुखुरा पालन गर्ने फर्म स्थापना गरेका हुन् ।

उनले  पाँच कराेडकाे लगानीमा कामधेनु क्याटल व्रिड एण्ड रिसर्च सेन्टर प्रालि (फार्म) दर्ता गरी फर्म सुरुवात गरेका हुन  । सानैदेखि केही फरक किसिमले काम गर्न चाहने उनकाे पशुपालन क्षेत्रमै १५ वर्षको अनुभव भएकाे बताउँछन्।

१५ वर्ष अगाडि कास्कीकाे विभिन्न स्थानमा पशुपालन व्यवसाय गर्दै अाएका शेरचनले त्यहाँकाे वातावरण र माैसम पशुअनुकुल नभएपछि त्यसलाई रूपन्देहीमा ल्याएकाे बताए ।

नेपालका विभिन्न ठाउँबाट मात्र हाेइन उनले अहिले  भारतबाट पनि हरियाणा जातका भैसी ल्याएर फर्ममा राखेका छन् ।  पहिलो चरणमा ५० वटा भैंसीबाट व्यवसाय सुरु गरेका उनले अब छिट्टै ३ सय  भैंसी, २ सय गाई र एक हजार बधिय जातका लोकल कुखुरा पालन गर्ने योजना बनाएकाे विकासन्युजसँग सुनाए ।

हाल उनले  पाँचदेखि १० लिटर दुध दिने भैंसी र ६ देखि १२ लिटर दुध दिने गाई पालन गरेका छन् । अझ बढी पशु राख्नका लागि उनी फर्मकाे स्तरोन्नति तथा निर्माणको काम खटिरहेका छन् । गाई र भैंसीलाई  बाँध्ने उनीहरूकाे पालन गर्ने साेचमा शेरचन छन् ।

हाल निर्माण भइरहेकाे फर्ममा आधुनिक ढंगबाट करिव ३ सय  भैंसी, ४ सय गाई र ३ हजार कुखुरा पालन गर्न सकिने गरी  निर्माण भइरहेकाे उनकाे भनाइ छ । हाल उनीक दैनि २ सय लिटर दूध डेरीमा पठाउने गरेका छन् ।

गाई भैंसीका लागि आवश्यक पर्ने घाँस खेती प्राविधिकहरूको सल्लाह अनुसार काम गरिरहेको उनले बताए । उनले गाई भैंसी लागि करिब सात बिघा क्षेत्रफलमा घाँस खेती समेत सुरुवात गरेका छन् । हरियो घाँसमा आधारित पशुपालनबाट उत्पादन समेत वृद्धि हुने भएको कारण घाँस खेतीलाई बढी जोड दिएको भनाइ छ ।

कम्पाेष्ट मल उत्पादन गरेर पाेकामा बेच्ने 

कृषक शेरचन केही फरक काम गर्ने मानसिकता बाेकेका व्यवसायी हुन्र ।

उनले दुध मात्र हाेइन गाई भैंसीकाे गाेबरलाई पनि पाेका बनाएर बेच्ने साेच बनाएकाे बताए । उनले गाई भैंसीकाे मल बालीनाली उब्जनीका लागि महत्वपूर्ण भएका कारण त्यसलाई बेच्ने साेच बनाएकाे सुनाए । कम्पाेष्ट मल उत्पादन गरेर पाेका बनाएर बिक्री गर्ने उनकाे भनाइ छ।

एउटा आधुनिक फर्म मात्र हाेइन नेपालमै सबैभन्दा धेरै भैंसी पालन गर्ने गरी अनुसन्धान र नमुना फर्म स्थापना गर्ने लक्ष्यका साथ काम गरिरहेको उनले बताए । ‘आधुनिक फर्म निर्माणका लागि धेरै सामानकाे आवश्यकता पर्नेछ, जुन सामान विदेशबाट पनि आयात गर्नुपर्ने हुन्छ । यसलाई आधुनिक फर्म बनाएर अनुसन्धान केन्द्र बनाउने योजनामा छु ।’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.