प्राइम बैंकले कैलाश विकास बैंकलाई प्राप्ति गर्ने निश्चित, सम्झौतापत्रमा हस्ताक्षर

  २०७६ पुष ३ गते १८:४४     विकासन्युज

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेड कैलाश विकास बैंक लिमिटेडलाई प्राप्ति-(एक्विजिसन) गर्ने सम्वन्धमा बिहीबार अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सो सम्झौतापत्रमा प्राइम कमर्सियल बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ र कैलाश विकास बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष नारायण प्रसाद पौडेलले एक समारोहका बीच सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

कैलाश विकास बैंकलाई प्राप्ति पश्चात प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या १९९ हुनेछ । प्राइम बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंमा रहेको छ भने “ख” वर्गको वित्तीय संस्था कैलाश विकास बैंकको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका वडा नं.३२, न्यूप्लाजामा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.