कामना सेवाको १०८औ शाखा बाग्लुङ्गको हल्लनचोकमा

  २०७६ पुष १ गते १२:४३     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले  बाग्लुङ्गस्थित हल्लनचोकमा आफ्नो १०८औ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बाग्लुङ्ग नगरपालिकाका मेयर जनकराज पौडेल तथा बैंकका संचालक चतुराखर अधिकारीले संयुक्त रुपमा गरेका हुन् ।

कारोबार शुभारम्भ समारोहमा बाग्लुङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष युवराज भण्डारी ,समाजसेवी बलावति शर्मा गण्डकी प्रदेश प्रमुख टुबराज बास्तोला, कर्मचारी लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।

ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको यस बैंकले देशका विभिन्न भागहरुमा १०८ वटा शाखा तथा ५७ वटा एटिएममार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.