यी हुन् नेपाली बजारमा पाइने १५० सीसीका ४ पावरफुल स्कुटरहरू

  २०७६ मंसिर ३० गते १९:५१     विकासन्युज

एउटा समय थियो जब धेरैले स्कुटरको सट्टा मोटरसाइकलचढ्न मन पराउँथे । त्यो समयमा स्कुटरलाई भने वयस्कहरुको मात्र रोजाइ मानिन्थ्यो । तर विस्तारै गियरलेस स्कुटरहरुको आगमन भएसँगै स्कुटरले निक्कै लोकप्रियता कमाउन थाल्यो ।

पुरुष होस् या महिला, समय क्रमसँगै स्कुटर हरेक उमेरका माझ लोकप्रिय बन्दै जान थाल्यो र त्यसको कारण थियो यसको हलुका वजन, सामान राख्नलाई प्रशस्त स्पेस र गियर तथा क्लच लगायतको झन्झट बाट छुटकारा ।बढि ट्राफिक भएकोसिटी एरियामा स्कुटर लोकप्रिय हुँदै गएको भएपनि यसमा एउटा कुराको चाहिँ कमी थियो र त्यो थियो यसले प्रदान गर्ने पावर । कम पावर भएको हुनाले स्कुटरलाई छोटो यात्रामा मात्र प्रयोग गर्न मिल्ने साधनको रुपमा लिने गरिन्थ्यो ।

पछिल्ला दिनहरुमा स्कुटर उत्पादक कम्पनीहरुले हाइवे र टुरिङ्गलाई फोकस गर्दै ठूला सीसीका इञ्जिन समावेस गरिएका स्कुटरहरुलाई बजारमा ल्याउन थालेका छन् । मोटरसाइकलले जस्तै पावर प्रदान गर्ने र चलाउन पनि धेरै सहज भएको हुनाले यस्ता स्कुटरहरुले बजारमा राम्रो पकड पनि जमाउन थालेको पाइन्छ ।

आज हामी नेपाली बजारमा उपलब्ध १५० सीसी इञ्जिन जडित ४ पावरफुल स्कुटरहरुको बारेमा चर्चा गर्न गइरहेका छौंः

भेस्पा भिएक्सएल १५०

यस स्कुटरमा १५० सीसीको इञ्जिन समावेश गरिएको छ जसले ११.४ बीएचपीको पावर र ११.५ एनएमको टर्क उत्पादन गर्दछ । कम्पनीका अनुसार यस स्कुटरले ४५ केएमपीएलको माइलेज र ९० केएमपीएचको टप स्पिड प्रदान गर्दछ । त्यसैगरी ८ लिटर फ्युल ट्याङ्क क्यापासिटी भएको भिएक्सएल १५० को तौल ११४ के.जी.को रहेको छ भने सिट हाइट चाहिँ ७७० मिलिमिटर रहेको छ । अगाडि ११ इञ्च र पछाडि १० इञ्चको व्हिल दिइएको यस स्कुटरको अगाडिको चक्कामा डिस्क ब्रेक र पछाडि चाहिँ ड्रम ब्रेक जडान गरिएको छ । नेपाली बजारमा यस स्कुटरको मूल्य तीन लाख ४९ हजार नौ सय ४६ रुपैयाँ तोकिएको छ ।

भेस्पा एसएक्सएल १५०

यस स्कुटरमा पनिभिएक्सएल १५० कै जसरी १५० सीसीको इञ्जिन समावेश गरिएको छ जसले ११.४ बीएचपीको पावर र ११.५ एनएमको टर्क उत्पादन गर्दछ । कम्पनीका अनुसार यस स्कुटरले पनि ४५ केएमपीएलकै माइलेज प्रदान गर्छ भने यसको टप स्पिड चाहिँ ९५ केएमपीएच रहेको छ । त्यसैगरी ८ लिटर फ्युल ट्याङ्क क्यापासिटी भएको एसएक्सएल १५० को तौल ११४ के.जी.को रहेको छ भने सिट हाइट चाहिँ ७७० मिलिमिटरको रहेको छ । अगाडि ११ इञ्च र पछाडि १० इञ्चको व्हिल दिइएको यस स्कुटरको अगाडिको चक्कामा डिस्क ब्रेक र पछाडि चाहिँ ड्रम ब्रेक जडान गरिएको छ । नेपाली बजारमा यस स्कुटरको स्ट्याण्डर्ड र म्याट गरी दुई भेरियन्टहरु उपलब्ध छन् जसमध्ये स्ट्याण्डर्डको मूल्य तीन लाख ६५ हजार नौ सय ४६ रुपैयाँ रहेको छ भने म्याटको चाहिँ तीन लाख ७० हजार रुपैयाँ तोकिएको छ ।

भेस्पा एलिगान्टे १५०

एलिगान्टे १५० मा १५० सीसीको इञ्जिन समावेश गरिएको छ जसले ११.४ बीएचपीको पावर र ११.५ एनएमको टर्क उत्पादन गर्दछ । कम्पनीका अनुसार यस स्कुटरले ५० केएमपीएलको माइलेज र ९५ केएमपीएचको टप स्पिड प्रदान गर्दछ । त्यसैगरी ८ लिटर फ्युल ट्याङ्क क्यापासिटी भएको एलिगान्टे १५० को तौल ११४ के.जी.को रहेको छ भने सिट हाइट चाहिँ ७७० मिलिमिटरको रहेको छ । अगाडि ११ इञ्च र पछाडि १० इञ्चको व्हिल दिइएको यस स्कुटरको अगाडिको चक्कामा डिस्क ब्रेक र पछाडि चाहिँ ड्रम ब्रेक जडान गरिएको छ । नेपाली बजारमा यस स्कुटरको मूल्य तीन लाख ९५ हजार नौ सय रुपैयाँ तोकिएको छ ।

अप्रिलिया एसआर १५०

यस स्कुटरमा १५४.८ सीसीको इञ्जिन समावेश गरिएको छ जसले १०.४ बीएचपीको पावर र ११.४ एनएमको टर्क उत्पादन गर्दछ । कम्पनीका अनुसार यस स्कुटरले ४० केएमपीएलको माइलेज र १०० केएमपीएचको टप स्पिड प्रदान गर्दछ । त्यसैगरी ६.५ लिटर फ्युल ट्याङ्क क्यपासिटी भएको एलिगान्टे १५० को तौल १२२ के.जी. रहेको छ भने सिट हाइट चाहिँ ७७५ मिलिमिटरको रहेको छ । दुवैतिर १४ इञ्चको व्हिल दिइएको यस स्कुटरको अगाडिको चक्कामा डिस्क ब्रेक र पछाडि चाहिँ ड्रम ब्रेक जडान गरिएको छ । नेपाली बजारमा यस स्कुटरको मूल्य दुई लाख ९५ हजार नौ सय रुपैयाँ तोकिएको छ ।

भेस्पा तथा अप्रिलियाको नेपालका लागि आधिकारिक विक्रेताको रुपमा एमभि दुगड ग्रुप रहेको छ । हाल एमभि दुगड ग्रुपका साथै डि लाइफ स्टाइल प्रा.लि.ले पनि उक्त दुवै ब्राण्डका बाइक तथा स्कुटरहरु नेपाली बजारमा विक्री वितरण गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.