एसबिआई बैंकको १६ प्रतिशत लाभांश पारित

  २०७६ मंसिर २९ गते १६:०७     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकको प्रस्तावित १६.८४ प्रतिशत लाभांश पारित भएको छ । आइतबार सम्पन्न बैंकको २६औं वार्षिक साधारणसभाले शेयरधनीलाई सो मात्राको लाभांश दिने प्रस्तावलाई पारित गरेको हो ।

उक्त सभा मंसिर २९ गते भद्रकाली स्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो । सभाले पारित गरेसँगै शेयरधनीले ६ प्रतिशत बोनस तथा १०.८४ प्रतिशत नगद लाभांश पाउने छन् ।

बैंकले आर्थिक वर्ष २०७५/७६ मा ३१२ करोड ३९ लाख रुपैयाँ करोड संचालन मुनाफा र २२९ करोड २५ लाख रुपैयाँ खुद मुनाफा हासिल गरेको छ ।

साधारणसभाले बैंकको सहायक कम्पनी “नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.” को आ.व. २०७५/०७६ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।

उक्त सधारणसभाले आ.व. २०७६/७७ को बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स पिकेएफ टिआर उपाध्याय एण्ड कं., चाटर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं नीजको पारिश्रमिक अनुमोदन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.