तयार भएर बस्नुस्, सरकारले भिजिट २०२० लाई लक्षित गरी ५ हजार व्यक्तिलाई दिँदैछ तालिम

  २०७६ मंसिर २९ गते १०:१२     विकासन्युज

काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरेर पाँच हजार व्यक्तिलाई पर्यटन लक्षित तालिम दिने भएको छ । नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न बोर्डले पर्यटनसम्बन्धी विभिन्न क्षेत्रका पाँच हजार व्यक्तिलाई प्रशिक्षण दिन लागेको हो । सहरदेखि गाउँसम्म रहेका पर्यटन सम्बन्धि गतिविधि गर्ने संस्थालाई सरकारले यस्तो तालिम उपलब्ध गराउन लागेको हो ।

बोर्डले ट्याक्सी तथा पर्यटकीय सवारी चालकदेखि गाउँगाउँमा घरबास सञ्चालन तालिम, ट्रेकिङ गाईड र माउण्टेन लिडर तालिम, पर्यटकलाई प्राथमिक उपचार तालिम दिन लागेको हो । नेपाली हस्तकलासम्बन्धी, सरसफाइ तथा स्वास्थ्यसम्बन्धी, क्षमता अभिवृद्धि, नयाँ पर्यटन व्यवसाय विकास तथा व्यवस्थापन, महिला लक्षित पर्यटन व्यवसाय र डिजिटल मार्केटिङ तथा उत्पादन व्यवस्थापन सम्बन्धि तालिम प्रदान गर्न लागेको हो । यसका साथै विभागले अध्यागमनसम्बन्धी सेवाप्रदान, नेचर गाईड, स्थानीय टुर्स, चिनियाँ र रुसी भाषा तालिम प्रदान गर्न लागेको हो ।

बोर्डका प्रबन्धक सन्तोषकुमार घिमिरेले नेपाल भ्रमण वर्षलाई लक्षित गरी विभिन्न पर्यटकीय गतिविधि गर्ने संघ संस्थालाई समावेश गरेर पाँचहजार व्यक्तिलाई तालिम प्रदान गर्न लागेको बताए । बोर्डले नेपाल भ्रमण वर्षमा पर्यटन प्रवद्र्धन गर्न तालिमका लागि दुई करोड रुपैयाँ रकम विनियोजन गरेको छ ।

नेपाल भ्रमण वर्ष २०२० मा विभिन्न कार्यक्रम गर्न ६१ करोड ७४ लाख रुपैयाँ खर्च लाग्ने देखिएको छ । सरकारले भ्रमण वर्षको लागि सचिवालयनै स्थापना गरेर बढो उत्साहका साथ गर्न लागेको यो कार्यक्रमका गर्न हालसम्म नेपाल सरकार र पर्यटन बोर्डबाट गरी जम्मा २५ करोड रुपैयाँ विनियोजन भएको छ । सचिवालयले वाँकी अपुग ३६ करोड ७४ लाख रुपैयाँ अर्थ मन्त्रालयसँग माग गरि पठाएको छ ।

बोर्डका लागि भ्रमण वर्ष २०२० को सचिवालयले स्वदेश तथा विदेशमा भ्रमण वर्ष सम्बन्धि कार्र्यधक्रम र प्रचार प्रसार तथा पर्यटन प्रवद्र्धनसम्बन्धि गतिविधि गर्न २६ करोड २५ लाख छुट्याएको छ । नेपाल पर्यटन बोर्डसमेतको सहकार्यमा सचिवालयले विभिन्न देशमा पर्यटकीय गतिविधि सम्बन्धि कार्यक्रम गर्ने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.