चन्द्रागिरिमा हिउँ पर्‍यो (फोटोफिचर सहित)

  २०७६ मंसिर २७ गते १२:०९     विकासन्युज

काठमाडौं। चन्द्रागिरिमा शुक्रबार बिहान हिउँ परेको छ। हिमपातसँगै काठमाडौंमा चिसो बढेको छ। हाल काठमाडौंको तापक्रम १२ डिग्री सेल्सियस रहेको छ।

बुधबार साँझदेखि नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभरि चिसो बढेका बेला चन्द्रागिरिमा हिउँ परेको हो।

मौसम पुर्व अनुगमन महाशाखाको अनुसार आज दिउँसो देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका पश्चिमी भूभागका केहि स्थानहरु र मध्य र पूर्वका धेरै स्थानहरुमा वर्षा हुनुको साथै देशका थोरै स्थानहरुमा भारी वर्षा र एक दुई स्थानहरुमा अति भारि वर्षाको संभावना छ।

यस्तै राती देशका अधिकांश भू-भागमा पूर्ण बदली रहनेछ। देशका पश्चिमी भूभागका केहि स्थानहरु र मध्य र पूर्वका धेरै स्थानहरुमा वर्षा हुनुको साथै थोरै स्थानहरुमा भारि वर्षाको संभावना रहेको छ।


(तस्विरः भिजिट नेपालकाे फेसबुक पेजबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.