बेलायतमा रहेका नेपाली र ब्रिटिश गोरखाका समस्यालाई समाधान गर्न गृहमन्त्री थापाको आग्रह

  २०७६ मंसिर २५ गते १४:०१     विकासन्युज

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल)ले बेलायतमा बसोबास गरिरहेका नेपाली र ब्रिटिश गोरखाका समस्याको समाधान गर्न नेपालका लागि संयुक्त अधिराज्य(बेलायत)का नवनियुक्त राजदुत निकोला पोल्लिटलाई आग्रह गरेका छन् । बुधबार नवनियुक्त राजदुत पोल्लिटसँगकाे भेटमा उनले उक्त समस्याको समाधान गर्न आग्रह गरेका हुन् ।

गृह मन्त्रालयमा भएको भेटमा नेपाल-बेलायतबीचको ऐतिहाँसिक द्धिपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले बेलायतबाट नेपालका लागि पहिलो महिला राजदुतको रुपमा नियुक्त भएकोमा राजदुत निकोलालाई बधाई तथा सफल कार्यकालको शुुभकामना दिँदै उनको कार्यकालमा दुई देशको सम्बन्ध थप उचाईमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

गृहमन्त्री थापाले नेपालको विकासमा बेलायतले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरेका छन् । उनले गृहमन्त्रालय अन्तर्गत विपद् व्यवस्थापन, नेपालका सुरक्षाकर्मीका लागि दिँदै आएको तालिम तथा भौतिक संरचना निर्माण लगातमा क्षेत्रमा बेलायतले गर्दै आएको सहयोगको लागि धन्यवाद दिँदै अगामी दिनमा समेत ति क्षेत्रमा थप सहयोगको अपेक्षा मन्त्रालयले गरेको बताएका छन् ।

राजदुत निकोलाले नेपाल र बेलायतबीच एैतिहाँसिक सम्बन्ध रहेको चर्चा गर्दै इतिहाँसदेखि नै नेपालले बेलायतलाई गर्दै आएको सहयोगका लागि आफुहरु कृतज्ञ रहेको बताए । बेलायतमा बस्ने नपालीहरुको समस्या तथा ब्रिटिश गोरखाका समस्याबारे आफुहरु गम्भिर रहेको बताउँदै अहिले धेरै समस्याहरु समाधान भईसकेको उनको भनाई छ ।
साथै, निकोलाले बेलातयले नेपाललाई दिँदै आएको सहयोग निरन्तर रहने तथा आगामी दिनमा थप सहयोग बिस्तार गरिने आश्वासन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.