धरानमा मिस पुर्वाञ्चल- २०१९ आयोजना हुँदै

  २०७६ मंसिर २४ गते १४:५१     विकासन्युज

काठमाडौं । “नेपाल आईस मिस पुर्वाञ्चल २०१९” को दशौं संस्करणको तयारी भइरहेको छ । उक्त कार्यक्रम आगामी पौष ५ गते धरानमा आयोजना हुने भएको हाे । यस प्रतियोगीतामा सहभागी प्रतिष्पर्धीहरु मध्येको सबैभन्दा बढी फेसबुकमा लाईक पाउने प्रतिष्पर्धी “फेस अफ डिभाईन” टाईटल सहित नगद रु. १५ हजार पुरस्कार पाउने छन् ।

मिस पुर्वाञ्चलको दसौ संस्करणमा “डिभाईन वाइन” को उत्पादक “श्री महाकाली वाइन प्रा. लि.” “सह–प्रायोजक” रहेका छन् । गत वर्षको उक्त टाईटल, सबै भन्दा बढी लाईक पाएकी प्रतियोगी “आकृति आचार्य” ले जितेकी थिइन् ।

यो वर्ष मिस पुर्वाञ्चलको दसौं संस्करणमा धरानबाट अनुषा लिम्बु, अनुपमा बस्नेत, सुष्मिता बराईली, निभेदिता राजभण्डारी, स्वेता पोख्रेल, मोनालिषा राई, शशि बिसंखे, सिमरन प्रधान, र सिमरन लिम्बु, रतुवामाई–ईटहरीबाट विपना तामाङ्ग, उर्लाबारीबाट मिलिसा श्रेष्ठ, ईटहरीबाट गोमा विश्वकर्मा, निशा धिताल, अस्मिता लिम्बु, वर्षा श्रेष्ठ, र प्रिजनी नेपाल, खोटांगबाट एन्जल राई, पथरीबाट रिजु भट्टराई, र रेजिना राई र धनकुटाबाट रेश्मा राई र अन्जु बुढाथोकी गरी जम्मा २१ जना प्रतिस्प्रर्धी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.