फुटबल फाईनल गेमका दर्शक दशरथ रंगशालाको मुल गेटबाट भित्र छिर्न नपाउने

  २०७६ मंसिर २३ गते २२:००     विकासन्युज

काठमाडाैं। फुटबल फाईनल गेमका दर्शक दशरथ रंगशालाको मुल गेटबाट भित्र छिर्न नपाउने भएका छन् । त्रिपुरेश्वरकाे ट्राफिक व्यस्थापन कठिन हुने र भीड व्यवस्थापन कठिन हुने भएकाेले दर्शकलाइ मुल गेटबाट प्रवेश निषेध गरिएकाे महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएकाे छ ।

१३ औँ दक्षिण एशियाली खेलकूद (साग) को  दशरथ रंगशालाको मूलगेट प्रयोग नगरी शहिद गेट नेरको  नेपाल आर्मी अफिसर्स क्लबको मूलगेटबाट मात्र प्रवेश गर्ने व्यवास्था मिलाइएकाे ट्राफिक कार्यालय प्रमुख तथा प्रहरी वरिष्ठ उपरिक्षक भिम प्रसाद ढकालले जानकारी दिए ।

टिकट काटेका दशर्कहरूकाे सवारी साधनलाई काठमाडौँ मल अगाडीको टुँडिखेलमा पार्किङ्ग व्यवस्था गरिएकाे उनले जानकारी दिए ।

१३ औँ दक्षिण एशियाली खेलकूदको समापन समारोहमा सहभागि हुने अथितिहरूकाे चाप पनि रहेकाे र फुटवल हेर्नेकाे पनि भीड हुने तथा फुटबल फाईनल गेम पनि भएकाेले नेपाल आर्मी अफिसर्स क्लबको गेटलाइ बैकल्पिक मार्गकाे रूपमा लिएकाे उनले जानकारी दिए ।

सागको टिकट विक्री तथा व्यवस्थापन गरेको इसेवाका अनुसार फाइनल खेलका लागि ९ हजार २ सय टिकट विक्री भएका छन् । मंगलबार सागको समापन समारोह पनि रहेकाले खेल सुरूहुनुभन्दा आधा घण्टा अगाडी नै सबै दर्शक रंगशालामा प्रवेश गरिसक्नुपर्ने इसेवाले जनाएको छ ।

भिभिआइपी, भिआइपी, तथा अति विशिष्ट पाहुनाहरुको सवारी तथा सुरक्षाको दृष्टिकोणले खेल सुरू हुनुभन्दा आधाघण्टा अगाडी नै प्रवेश गेट बन्द गरिने भएकाले दुई घण्टा अगाडी नै रंगशाला पुग्न इसेवाले आग्रह गरेको छ ।

मंगलबार साग खेल अन्तरगतको पुरूष फुटबलतर्फ नेपाल र भुटान स्वर्ण पदका लागि भिड्दैछन् । खेल बेलुकी ३ बजेदेखि सुरू हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.