नेपाली बालिकालाई जबर्जस्तीकरणी गर्ने अमेरिकी नागरिक पक्राउ

  २०७६ मंसिर २३ गते १८:०९     विकासन्युज

काठमाडाैं । नेपाली बालिकालाई जबर्जस्तीकरणी गर्ने अमेरिकी नागरिक पक्राउ परेका छन् । आर्थीक प्रलोभन देखाइ तथा खानेकुरा दिई ललाई फकाई गरी नेपाली बालबालिकालाई यौन शोषण गर्ने गरको भन्ने सूचनाको आधारमा उनलाई आइतबार काठमाडौं विमानस्थल स्थित
मेमोरियल गेष्ट हाउसबाट पक्राउ गरिएको हो ।

उक्त गेष्ट हाउसबाट अमेरिकी नागरिक जेसोन लोइड मुडी र तीन बालिकालाई आपत्तिजनक अवस्थामा फेला पारी पक्राउ गरेको हो । हाल उनको जबरजस्ती करणी कसूर अन्तर्गत अनुसन्धान भई रहेको जनाइएको छ । उनीबाट अमेरिकाको राहदानी तीन थान, ल्यापटप एक थान, मोबाइल चार थान लगायतका बिभिन्न सामग्रीहरु बरामद भएको जनाएइको छ । केन्द्रिय अनुसन्धान ब्युरोका प्रवक्ता वेल बहादुर पाण्डेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.