सानिमा लाईफ इन्स्योरेन्सका ग्राहकलाई विराट हस्पिटलमा विशेष छुट

  २०७६ मंसिर २० गते १५:४७     विकासन्युज

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सका ग्राहकलाई विराट हस्पिटलमा स्वास्थ्य परीक्षण शुल्कमा छुट दिने सम्बन्धी सम्झौता भएको छ । उक्त  सम्झौतापत्रमा कम्पनीका महाप्रबन्धक शिवराम तिमिल्सिना तथा हस्पिटलको प्रशाशक पदम वीनाडीले हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा कम्पनीका मुख्य प्रबन्धक गुणराज श्रेष्ठ, क्षेत्रीय प्रबन्धक राजन निरौला तथा विराटनगर शाखा प्रमुख सन्तोष आचार्य समेतको उपस्थिति रहेको थियो । सम्झौता अनुसार सानिमा लाईफ इन्स्योरेन्सका वीमा प्रस्तावकहरुले प्रि मेडिकल चेक अप गर्दा विशेष छुट तथा नगद रहित सुविधा प्राप्त गर्न सक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.