एकैदिन प्रतितोला आठ सयले बढ्यो सुन, ७२ हजार दुई सयमा कारोबार

  २०७६ मंसिर १८ गते ११:५९     विकासन्युज

काठमाडौं । बुधबार सुन प्रतितोला ७२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला ७१ हजार ४ सय रुपैयाँ कारोबार भएको सुन एकैदिन ८ सय रुपैयाँ बढेको छ ।

मंगलबार ७१ हजार एक सयमा कारोबार भएको तेजावी सुन बुधबार ७१ हजार ९ सयमा बिक्री भइरहेको छ । त्यस्तै चाँदी प्रतितोला १० रुपैयाँ बढेर ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

विवाहको महिना भएता पनि सुनको मूल्यमा भएको परिवर्तनसँगै मंसिर महिना गत वर्षको तुलनामा ७० प्रतिशत व्यापार घटेको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.