त्रिभुवन अन्ताष्ट्रिय विभानस्थलमा १८२ जना कर्मचारी माग, सरकारी निकाय पनि आउटसोर्समा कर्मचारी राख्दै

  २०७६ मंसिर १८ गते १०:१२     विकासन्युज

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्ताष्ट्रिय विभानस्थल नागरिक उड्डयन कार्यालयमा १८२ जना कर्मचारी राख्ने भएको छ । भन्सार र एक मात्र अन्तराष्ट्रिय विमानस्थल भएकोले कर्मचारीको लागि यो क्षेत्र निकै आकर्षक मानिन्छ ।

प्राधिकरणले विमानस्थलको लागि कम्प्यूटर अपरेटर १५ जना, सहायक कम्म्पूटर अपटेर १२ जना, उद्घोषक/उद्घोषिका ७ जना, टेलिफोन अपरेटर ८ जना, हेल्पर ४ जना माग गरेको छ ।

त्यस्तै, हेभि सवारी चालक ८ जना, हलुवका सवारी चालक १३ जना, पालेपहरेदार ७९ जना र ट्रली कलेक्टर ३६ जना कर्मचारी नयाँ भर्ना गर्न लागेको छ ।

तर प्राधिकरणले यी सबै कर्मचारी सोझै नियुक्ती नगरी श्रमिक आपूर्तिकर्ता कम्पनीबाट लिने भएको छ । सामाजिक सुरक्षा कोषमा सूचिकृत भएको कम्पनीले मात्र जनशक्ति आपूर्तिको काम गर्न सक्ने भएको छ ।

विदेशमा वाहिरी कम्पनीबाट जनशक्ति आपूर्ति गर्ने अभ्यास पुरानो भए पनि नेपालमा यस्तो अभ्यास कम छ । त्यो पनि पूर्ण सरकारी निकायले यति ठूलो संख्यामा जनशक्ति बाहिरबाट आपूर्ति गर्न लागेको सम्भावतः पहिलो पटक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.