सरकारलाई खर्च जुटाउन आज ३ अर्ब १३ करोडको ट्रेजरी बिल निकाल्दै राष्ट्र बैंक

  २०७६ मंसिर १६ गते १०:४६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबार ३ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । सरकारलाई तत्कालै ऋण चाहिएको खण्डमा राष्ट्र बैंकले यस्तो ऋणपत्र जारी गर्ने गर्छ ।

३ अर्ब १३ करोड रुपैयाँ बराबरको ९१ दिने अवधिको लागि ट्रेजरी बिल विक्री गर्न लागेको राष्ट्र बैंकले जनाएको छ । ट्रेजरी बिल अनलाइन बोल–कबोलका आधारमा मंसिर १६ दिउँसो २ बजे बिक्री खुला गरिने छ ।

बिलको निष्कासन मंसिर १७ मंगलवार हुनेछ । बिल आगामी फागुन २० मा परिपक्व हुनेछ । ट्रेजरी बिल छोटो अवधिको सरकारी ऋणपत्र हो । यो सधैं एक वर्षभन्दा कम अवधिको हुन्छ । राष्ट्र बैंकले आवश्यकताअनुसारको समयमा ट्रेजरी बिल जारी गर्न सक्छ । ट्रेजरी बिल २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ अवधिको हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.