बीमा पोलिसीको दायरा फराकिलाे बनाउँदै बीमा समिति

  २०७६ मंसिर १५ गते १३:३९     विकासन्युज

काठमाडौं । पछिल्लो समय बीमा पोलिसीको दायरा फराकिलो पार्ने तयारी बीमा समितिले गरिरहेको छ । हाल कायम रहेका बीमा पोलिसीको दायरामा के सुुधार गर्दा बजारमा सकारात्मक प्रभाव पर्ने समितिकाे विश्लेषण छ ।

‘अब वाइवाइ चाउचाउको सट्टामा ‘म्यागी’ खाने बेला आइसकेको छ तर म्यागीको खोल राखेर वाइवाइ बेच्न भने हुँदैन’– बीमा समितिका एक अधिकारीले भने-‘चाउचाउमा नयाँ स्वादको अपेक्षा भएजस्तै बजारको आवश्यकता अनुसार नयाँ बीमा पोलिसी निकाल्नु आजको आवश्यकता हो ।’

हाल बीमा कम्पनीहरुले बीमा समितिको निर्देशिकामा टेकेर आफ्ना पोलिसीहरु निर्माण गर्दै आएका छन् ।

हाल बीमा कम्पनीहरुले विभिन्न शीर्षकमा बीमा गराउँदै आएका छन् । पछिल्लो समय बीमा कम्पनीहरुले नयाँ प्रडक्टहरू लन्च गर्दै आएपनि ती प्रडक्टहरूमा खासै नयाँ स्वाद भने नरहेको जानकारहरू बताउँछन् ।

‘बीमा बजारमा केही समस्या भने पक्कै छन् । बीमितले बीमा नबुझेका हुन कि हामी बीमा कम्पनीले बीमा बुझाउँन नसकेको हो, यो सोचनिय कुरा नै हो’ सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकारी (सीईओ) चंकी क्षेत्री भन्छन्-‘बीमितलाइ सन्तुष्ट बनाउन र सर्बसाधारणलाइ बीमाप्रति आकर्षित गर्न सहयाेग गर्न नीति र व्यवहार आवश्यक छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.